Trending
पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु     |     एपीएफ, आर्मी र न्यु डायमन्डको विजयी सुरुआत     |     डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता     |     सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे     |     रेशम चौधरीको उम्मेदवारी खारेज     |     गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक     |     बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा     |     एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित     |     नेपाल नेदरल्याण्ड्ससँग पराजित     |     सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?     |    
समाचार

सिरोहियाको रिट सर्वोच्चमा पेस

८ जेष्ठ २०८१, मंगलवार १५:५२

कान्तिपुर पब्लिकेसन लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध जिल्ला अदालत धनुषाबाट जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको छ ।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आज सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएपछि उहाँले सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको हो । उक्त रिट दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा बुधबार छलफल हुने सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको उल्लेख गर्दै जाहेरी परेपछि धनुषा प्रहरीले उहाँविरूद्ध पुर्जी जारी गर्न माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्