Trending
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |    
समाचार

गृहमन्त्री लामिछानेलाई ‘क्लिन चिट’ दिने पत्रविरुद्ध सर्वोच्चमा रिट दर्ता

१० जेष्ठ २०८१, बिहीबार ०७:११

सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । सहकारी प्रकरणमा ‘क्लिन चिट’ दिने गरी महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रविरुद्ध परेकाे रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनकाे निर्णयविरूद्ध अदालतले यस्ताे आदेश दिएको हाे ।

महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई सहकारीको रकम हिनामिनामा कुनै उजुरी/जाहेरी नरहेको पत्र दिएको थियो। पत्रमा कार्यालयले रुपन्देही, कास्की र चितवनमा बुझ्दा लामिछानेविरूद्ध उजुरी/जाहेरी नरहेको र अनुसन्धान तथा अभियोजन समेत भएको नदेखिएको उल्लेख गरेको थियो।

जुन पत्रविरूद्ध अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ हुने आदेश गरेको थियो

दरिपिठविरूद्ध भट्टराईले पुनः सर्वोच्च अदालतमा अर्को रिट हालेका थिए। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजालसले उक्त रिट दर्ता गर्न आदेश दिएको हो।

 

प्रतिक्रिया दिनुहोस्