Trending
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |    
समाचार

कान्तिपुरका मालिक पक्राउ पर्दा अमेरिकालाई छटपटी

१० जेष्ठ २०८१, बिहीबार ०७:१३

नेपालस्थित अमेरिकी दूतावासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकार सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्ने आशा राखेको बताएको छ ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत अमेरिकी दूतावासले ‘अझ परिपूर्ण मुलुकु बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू भएको बताएको हो ।

अमेरिकी दूतावासले भनेको छ, ‘अझ परिपूर्ण मुलुक” बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन्, कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्ने छन् भन्ने आशा हामीले राखेका छौँ ।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको विषयमा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरेर अहिले धनुषा लागिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्