Trending
पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु     |     एपीएफ, आर्मी र न्यु डायमन्डको विजयी सुरुआत     |     डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता     |     सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे     |     रेशम चौधरीको उम्मेदवारी खारेज     |     गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक     |     बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा     |     एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित     |     नेपाल नेदरल्याण्ड्ससँग पराजित     |     सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?     |    
समाचार

कान्तिपुरका मालिक पक्राउ पर्दा अमेरिकालाई छटपटी

१० जेष्ठ २०८१, बिहीबार ०७:१३

नेपालस्थित अमेरिकी दूतावासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकार सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्ने आशा राखेको बताएको छ ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत अमेरिकी दूतावासले ‘अझ परिपूर्ण मुलुकु बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू भएको बताएको हो ।

अमेरिकी दूतावासले भनेको छ, ‘अझ परिपूर्ण मुलुक” बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन्, कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्ने छन् भन्ने आशा हामीले राखेका छौँ ।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको विषयमा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरेर अहिले धनुषा लागिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्