Trending
नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |    
समाचार

सुनमा विलासिता कर लगाउने निर्णयको विरोधमा व्यवसायीहरू आन्दोलित

१९ असार २०८२, बिहीबार १७:११

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरहरूमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि सुनचाँदी व्यवसायीहरू विरोधमा उत्रिएका छन्।

बिहीबार पनि काठमाडौंमा सुनचाँदी व्यवसायीहरू विरोध प्रदर्शनमा उत्रिएका थिए। उनीहरूले नयाँ कर संरचना अव्यावहारिक र व्यवसायघातक भएको भन्दै त्यसको खारेजीको माग गरेका छन्।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका महासचिव निरबहादुर धमलाका अनुसार सुनलाई नेपाली समाजमा संस्कार र सांस्कृतिक महत्व राख्ने वस्तुका रूपमा लिइन्छ। त्यही कारण मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २५४ मा पनि सुनलाई नगद सरहको सम्पत्तिको मान्यता दिइएको छ। यस्तो अवस्थामा सुनलाई विलासिताको वस्तु मानेर कर लगाउनु गलत भएको व्यवसायीहरूको तर्क छ।

व्यवसायीहरूले सुनमा भारतसरह ६ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने, सुनचाँदी व्यापारलाई नियमन गर्न स्पष्ट नीति तथा कार्यविधि निर्माण गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

साथै, कर हटाउन संसद् र सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम पनि जारी राखिएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्