Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सुनमा विलासिता कर लगाउने निर्णयको विरोधमा व्यवसायीहरू आन्दोलित

१९ असार २०८२, बिहीबार १७:११

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरहरूमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि सुनचाँदी व्यवसायीहरू विरोधमा उत्रिएका छन्।

बिहीबार पनि काठमाडौंमा सुनचाँदी व्यवसायीहरू विरोध प्रदर्शनमा उत्रिएका थिए। उनीहरूले नयाँ कर संरचना अव्यावहारिक र व्यवसायघातक भएको भन्दै त्यसको खारेजीको माग गरेका छन्।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका महासचिव निरबहादुर धमलाका अनुसार सुनलाई नेपाली समाजमा संस्कार र सांस्कृतिक महत्व राख्ने वस्तुका रूपमा लिइन्छ। त्यही कारण मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २५४ मा पनि सुनलाई नगद सरहको सम्पत्तिको मान्यता दिइएको छ। यस्तो अवस्थामा सुनलाई विलासिताको वस्तु मानेर कर लगाउनु गलत भएको व्यवसायीहरूको तर्क छ।

व्यवसायीहरूले सुनमा भारतसरह ६ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने, सुनचाँदी व्यापारलाई नियमन गर्न स्पष्ट नीति तथा कार्यविधि निर्माण गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

साथै, कर हटाउन संसद् र सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम पनि जारी राखिएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्