Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

मुख्यमन्त्री कँडेलले गुरुयोजना निर्माणलाई दिए प्राथमिकता

२३ असार २०८२, सोमबार २०:२९

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगर उपत्यकाको उत्तरी जलाधार क्षेत्रको संरक्षण र व्यवस्थापनलाई दीर्घकालीन समाधानको प्रमुख आधारका रूपमा औंल्याएका छन्।

खानेपानी अभाव दिनप्रतिदिन बढिरहेको सन्दर्भमा जलस्रोतको मूल क्षेत्र संरक्षण नगरी समाधान सम्भव छैन भन्ने धारणा उनले राखे। सोमबार वीरेन्द्रनगरमा आयोजित “जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माण कार्यक्रम”मा बोल्दै मुख्यमन्त्री कँडेलले सामुदायिक वनमा अवस्थित जैविक विविधता र प्राकृतिक वनस्पतिको संरक्षण अहिलेको आवश्यकता भएको बताए।

‘ढलेका र सडेका रूख बाहेक अन्य वनस्पति नकटिने व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘उत्तरी भेगका स्रोतहरू जोगाउनै पर्ने अवस्था आइसकेको छ।’

मुख्यमन्त्रीका अनुसार जलाधार क्षेत्रको वैज्ञानिक संरक्षण र दीर्घकालीन व्यवस्थापनका लागि गुरुयोजना निर्माण कार्यलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ। उनले योजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, उपभोक्ता समूह, विज्ञ, नागरिक समाज र प्रदेश सरकारबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकाल, योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगी, जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारसहित विभिन्न निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

सहभागीहरूले भूक्षय नियन्त्रण, जल पुनः भरण क्षमता अभिवृद्धि, वन स्रोतको दिगो उपयोग र पानी संकट समाधानका लागि गुरुयोजना निर्माण निर्णायक हुने धारणा राखेका छन्।

प्रतिक्रिया दिनुहोस्