Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ

१७ कार्तिक २०८२, आईतवार १८:००

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्ला तीन दिनभित्र लागुऔषध र नक्कली चुरोट कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ।

प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथोकीका अनुसार वीरेन्द्रनगर–७ बाट लागुऔषधसहित नरेन्द्र ठाडा र ललिता तामाङ पक्राउ परेका छन्। ठाडा पहिले लागुऔषध मुद्दामा सजाय भुक्तान गर्दै काठमाडौँको जगन्नाथ देवल कारागारबाट भागेको कैदी भएको खुलेको छ।

यस्तै, वीरेन्द्रनगर–११ मा गरिएको चेकजाँचका क्रममा २ ग्राम ब्राउनसुगरसहित विशाल ठाडा मगर, राजु सुनार र रमेश सुनार पक्राउ परेका छन्।

त्यसैगरी, राजस्व छलीको नक्कली ‘खुकुरी’ चुरोटसहित वीरेन्द्रनगर–३ का जीवन कुमार शाही नियन्त्रणमा परेका छन्। उनका पसलबाट बिल–बिजक बिना ५०४ बट्टा चुरोट बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सबै घटनाबारे सम्बन्धित ऐनअनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्