Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते

१७ कार्तिक २०८२, आईतवार १७:५६

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकामा शिक्षक सरुवालाई लिएर चर्को विवाद उत्पन्न भएको छ। नगर शिक्षा ऐन विपरीत सरुवा गरिएको भन्दै शिक्षकहरूले आन्दोलन सुरु गरेका छन्।

आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा नेपाली कांग्रेस निकट कार्यकर्ता बखतबहादुर शाही घाइते भएका छन्। शाहीले आफू अभिभावकको प्रतिनिधिका रूपमा आन्दोलनस्थलमा पुगेको बताउँदै प्रहरीको लाठीचार्जबाट घाइते भएको दाबी गरेका छन्। उनको उपचार हाल वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा भइरहेको छ।

तर, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढाथोकीले शाहीले शान्तिपूर्ण आन्दोलनलाई उच्छृङ्खल बनाउने प्रयास गरेपछि नियन्त्रणमा लिइएको बताए। उनका अनुसार शाही शिक्षक नभई आन्दोलनका क्रममा प्रहरीमाथि हातपात गर्न खोजेका कारण उनलाई नियन्त्रणमा लिइएको र पछि रिहा गरिएको हो।

यसबीच, असन्तुष्ट शिक्षकहरू र नेपाल शिक्षक संघसँग आबद्ध केही व्यक्तिहरूले नगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् र नगर शिक्षा शाखामा तालाबन्दी समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्