Trending
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |    
समाचार

वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते

१७ कार्तिक २०८२, आईतवार १७:५६

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकामा शिक्षक सरुवालाई लिएर चर्को विवाद उत्पन्न भएको छ। नगर शिक्षा ऐन विपरीत सरुवा गरिएको भन्दै शिक्षकहरूले आन्दोलन सुरु गरेका छन्।

आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा नेपाली कांग्रेस निकट कार्यकर्ता बखतबहादुर शाही घाइते भएका छन्। शाहीले आफू अभिभावकको प्रतिनिधिका रूपमा आन्दोलनस्थलमा पुगेको बताउँदै प्रहरीको लाठीचार्जबाट घाइते भएको दाबी गरेका छन्। उनको उपचार हाल वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा भइरहेको छ।

तर, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढाथोकीले शाहीले शान्तिपूर्ण आन्दोलनलाई उच्छृङ्खल बनाउने प्रयास गरेपछि नियन्त्रणमा लिइएको बताए। उनका अनुसार शाही शिक्षक नभई आन्दोलनका क्रममा प्रहरीमाथि हातपात गर्न खोजेका कारण उनलाई नियन्त्रणमा लिइएको र पछि रिहा गरिएको हो।

यसबीच, असन्तुष्ट शिक्षकहरू र नेपाल शिक्षक संघसँग आबद्ध केही व्यक्तिहरूले नगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् र नगर शिक्षा शाखामा तालाबन्दी समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्