Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान

१७ कार्तिक २०८२, आईतवार १८:०७

काठमाडौं। एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३औं संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आइतबार भारतको चेन्नइ प्रस्थान गरेको छ ।

नोभेम्बर ५ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीसहित नेपाली टोली ३६ सदस्यीय रहेको छ ।

खेलाडीमा ग्रिवानविक्रम शाह, शिवहरि खनाल, रइवतबहादुर दाहाल, गौतम माझी, तेजेन्द्र थापा, हरिगोपाल जोशी, राजेशकुमार श्रेष्ठ, कृष्णप्रसाद सिग्देल, सर्मिला श्रेष्ठ प्रधान, विष्णु मल्ल, सिता गुरुङ, इन्द्रकुमारी मल्ल, सुनिलकुमार लालवनी, श्रवनकुमार श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, आशनारायण चौधरी, अरुणकुमार वैद्य, एन्थोनी अमात्य, गोविन्दबहादुर थापा, सन्तोषबहादुर खड्का, सुरेश जोशी र गौरी श्रेष्ठ छन् ।

टोली प्रमुखमा जीएन दाइ शर्मा, व्यवस्थापकमा भैरव शाही र यशोदा शर्मा, सहायक व्यवस्थापकमा अभव भरतमणि आचार्य दीक्षित र विजयलक्ष्मी शाही तथा फिजियोमा विश्वरत्न मानन्धर र सुधा थापा रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्