Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
शिक्षा

कोशीका मन्त्रीको क्वार्टरमा प्रहरीको छापा

५ असार २०८३, शुक्रबार १४:२०

विराटनगर। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा प्रहरी टोली पुगेको घटनाबारे संघीय संसदमा प्रश्न उठेको छ ।

तर, प्रहरी र स्थानीय प्रशाशनले भने फरार अभियुक्तको खोजीका क्रममा प्रहरी त्यहाँ पुगेको दाबी गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मन्त्रीको आवासमै लक्षित गरेर छापा मारिएको नभई फरार अभियुक्त सो क्षेत्रमा लुकेको सूचनाका आधारमा प्रहरी परिचालन भएको दाबी गरेका छन् ।

उद्योगमा भएको एउटा घटनामा संलग्न शंकास्पद व्यक्तिले सेल्टर लिएकोभन्ने सूचनाका आधारमा प्रहरी गएको उनको दाबी छ।

घटना हुँदा मन्त्री पराजुली विपद्‌सम्बन्धी कार्यक्रमका लागि जिल्लाबाहिर थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङले मन्त्री निवासमा छापा मारिएको भन्ने कुरा सत्य नभएको दाबी गरेको छ ।
एक गम्भीर अपराधका फरार प्रतिवादीको खोजीमा सो क्षेत्रमा पुगेको जिल्ला प्रहरी कार्यालय स्रोतको दाबी छ ।

यसविषयमा संघीय संसदमा पनि प्रश्न उठेको छ । धनकुटाबाट निर्वाचित एमाले सांसद राजेन्द्र राईले पनि आजको संसदमा यो विषयमा कुरा उठाएका थिए ।

उनले नयाँ सरकारले किन यस्तो गरिरहेको छ भन्दै प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्