काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा जलवायु वित्त परिचालन, हरित जलवायु कोष, अनुकूलन कोष, कार्बन वित्त तथा आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-३१) को तयारीलगायत विषयमा छलफल भएको छ।
नेपालले अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तार गर्ने, जलवायु अनुकूलन तथा हानि र नोक्सानीसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्राथमिकता सशक्त रूपमा प्रस्तुत गर्ने विषयमा दुवै मन्त्रीबीच छलफल भएको छ ।
भेटमा जलवायु वित्त परिचालनका लागि मन्त्रालयहरूबीच आपसी समन्वय, सहकार्य र स्रोत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको थियो।