Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
कला र मनोरन्जन

बिना अभिनित यशोदाको तीज गीत ‘ए मैना सुनन’

२९ श्रावण २०८३, शुक्रबार १४:५५

काठमाडौं। अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी गीतकार यशोदा सापकोटा कार्कीको पहिलो तीज गीत ‘ए मैना सुनन’ सार्वजनिक भएको छ।

नेपाली संस्कृति, परम्परा र आमा-छोरीबीचको आत्मीय सम्बन्धलाई विषयवस्तु बनाइएको यो गीत आउँदै गरेको तीज पर्वलाई लक्षित गरीबजारमा ल्याइएको हो।

विगत १२ वर्षदेखि सिड्नीको एक पब्लिक हस्पिटलमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत कार्की तीन सन्तानकी आमा तथा व्यवसायीसमेत हुन्।

प्रबासकोव्यस्त जीवनका बाबजुद नेपाली भाषा, संस्कृति र परम्पराप्रतिको लगावलाई सङ्गीतमार्फत जीवन्त राख्न उनले पहिलोपटक तीज गीत सिर्जना गरेकीहुन्।

‘ए मैना सुनन’ बोलको गीतमा गायिका निशा कँडेलको स्वर, यशोदा सापकोटा कार्कीको शब्द र टिका दहालको सङ्गीत छ।

गीतलाई अल्मोडा रानाउप्रेतीले एरेन्ज गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ रङ्गीत बल्लभ उप्रेतीले गरेका छन्।

गम्भीर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा मोडल बिना राउतको शीर्ष अभिनय देख्न सकिन्छ। पुनम श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा देवदोर्जे लामाको छायाङ्कन, मणिक पाख्रिनको आर्ट डाइरेक्सन र प्रबिन भट्टको सम्पादन तथा कलर संयोजन छ।

भिडियोमा तीजको सांस्कृतिक पक्षका साथै आमा र छोरीबीचको भावनात्मक सम्बन्धलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ।

तीजका अवसरमा नेपालीमहिलाहरूले माइती, परिवार र आफ्ना प्रियजनसँग साट्ने आत्मीय भावलाई गीतमा समेटिएको निर्माण पक्षले जनाएको छ।

नियरबाइ क्याटरिङ र नीका टेक्नोलोजीको संयुक्त लगानीमा निर्माण भएको यो भिडियो ‘नेपाल क्युब’ (Nepal Cube) युट्युब च्यानलमार्फतसार्वजनिक गरिएको हो।

विदेशमा रहेर पनि आफ्नो माटो, मौलिकता र पारिवारिक सम्बन्धसँग जोडिरहने प्रवासिएका नेपालीको भावनालाई गीतमार्फतदर्शाउने प्रयास गरिएको गीतकार कार्कीले बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्