Trending
नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |     कानुन सुधारसँगै विकास र लगानीलाई गति दिन्छौँ : मन्त्री लम्साल     |     वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै     |     कर्णालीको मनमोहक दृश्यमा ‘साँची राखी माया मेरो’ सार्वजनिक     |     मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ : अध्यक्ष ओली     |     विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी     |     भोटेकोसी–त्रिशूली विपद् समिति सभापतिमा पराजुलीले लिए शपथ     |    
कला र मनोरन्जन

टक्सिक सन् २०२६ को चौथो सर्वाधिक कमाउने भारतीय फिल्म बन्यो

२३ भाद्र २०८३, मंगलवार १७:५८

काठमाडौँ। यश अभिनित फिल्म ‘टक्सिक’ ले प्रदर्शनको १३औँ दिनमा विश्वव्यापी बक्स अफिसमा नयाँ उपलब्धि हासिल गरेको छ।

यो फिल्मले थलापथी विजयको ‘जना नायकन’ को कुल कमाइलाई पछि पार्दै सन् २०२६ को चौथो सर्वाधिक कमाउने भारतीय फिल्म बनेको छ।

तेह्रौँ दिनमा फिल्मले भारतमा ७८ लाख र अन्तर्राष्ट्रिय बजारमा १५ लाख गरी कुल ९३ लाख रुपैयाँ कमाएको छ। यससँगै फिल्मको १३ दिनको कुल विश्वव्यापी कमाइ ३२९.०७ करोड पुगेको छ। यसअघि ‘जना नायकन’ को कुल कमाइ ३२७.२ करोड रहेको थियो।

फिल्मको हालसम्मको तथ्याङ्क अनुसार भारतमा यसको नेट कमाइ २४२.१६ करोड र ग्रस कमाइ २८५.७७ करोड रहेको छ। त्यस्तै, विदेशबाट फिल्मले ४३.३ करोड कमाएको छ।

बक्स अफिसमा फिल्मको गति सुस्त देखिएकाले यसको लाइफटाइम कलेक्सन ३४० करोडभन्दा कम हुने अनुमान गरिएको छ। हालको अवस्थामा राम चरणको ‘पेद्दी’ (३४१.१३ करोड) लाई उछिन्न फिल्मका लागि कठिन देखिएको छ।

गीथु मोहनदासद्वारा निर्देशित ‘टक्सिक’ मा यशका साथै कियारा आडवाणी, नयनतारा, रुक्मिणी वसन्त, तारा सुतारिया र हुमा कुरेशीको मुख्य भूमिका रहेको छ।

केभीएन प्रोडक्सन र मनस्टर माइन्ड क्रिएशन्स एलएलपीको ब्यानरमा निर्माण भएको यस फिल्ममा अक्षय ओबेरोय, डारेल डी सिल्भा, सुदेव नायर, बालाजी मनोहर र सञ्जिदा शेखले पनि अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्