Trending
कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी     |     सर्वोच्च अदालतमा नियुक्तिका लागि चार न्यायाधीश सिफारिस     |     कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त     |     दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे     |     दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश     |     कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता     |     नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |    
समाचार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

२० आश्विन २०८३, मंगलवार १९:४७

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

थापाले मंगलबार साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिको कार्यालय पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका थापाले १५औँ महाधिवेशनबाट पूर्ण कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिएका हुन्।

यसअघि सभापति पदमा श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराइसकेका छन्। किशोरसिंह राठौरले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।

वर्षाका कारण केही आकांक्षी उम्मेदवारी दर्ताबाट छुट्न सक्ने भन्दै निर्वाचन समितिले मनोनयन दर्ताको समय बेलुकी ७ बजेसम्म थप गरेको थियो।

प्रतिक्रिया दिनुहोस्