Trending
कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी     |     सर्वोच्च अदालतमा नियुक्तिका लागि चार न्यायाधीश सिफारिस     |     कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त     |     दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे     |     दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश     |     कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता     |     नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |    
समाचार

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

२० आश्विन २०८३, मंगलवार २०:४१

काठमाडौँ। नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरको उम्मेदवारी परेको छ ।

यसैगरी वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा, उपसभापति (महिला)मा पुष्पा भुसालले मात्र उम्मेदवारी दर्ता गराएका छन् ।

उपसभापति खुलामा डा चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा चन्द्रमोहन यादवको उम्मेदवारी परेको छ ।

समावेशी उपसभापतिमा जीवन परियार, बिनोद चौधरी, फर्मुल्लाहा मनसुर, सीता गुरुङ र रन्जित कर्णको उम्मेदवारी परेको छ । खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शङ्कर तिवारी, डा सुनिल शर्मा र डा सन्तोष उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन्।

महामन्त्री महिलामा डा डिला संग्रौला, डिना उपाध्याय र रिता खनालको उम्मेदवारी परेको छ ।

सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक/एक जना, खुला उपसभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँचजना, खुला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको हो ।

प्रतिक्रिया दिनुहोस्