Trending
कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी     |     सर्वोच्च अदालतमा नियुक्तिका लागि चार न्यायाधीश सिफारिस     |     कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त     |     दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे     |     दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश     |     कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता     |     नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |    
समाचार

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

२० आश्विन २०८३, मंगलवार १९:४९

काठमाडौँ। जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आज प्रसाईंलाई रु दुई लाख धरौटी लिएर छाड्न आदेश दिएको हो । अदालतका सूचना अधिकारी शिव खतिवडाले प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश भएको राससलाई जानकारी दिए।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई असार १२ गते पक्राउ गरेको थियो ।

प्रहरीले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै प्रसाईं विरुद्ध मुद्दा दर्ता गरेको थियो । सोही मुद्दामा जिल्ला अदालत काठमाडौँले आज धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्