Trending
तीन अध्यादेश ल्याउने सरकारको तयारी, राष्ट्रपतिसमक्ष सिफारिस     |     कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो     |     नेपालद्वारा ओमान ‘ए’ पराजित     |     मधेशका युवा नेता दिपेश यादवको केन्द्रीय सदस्यमा उम्मेदवारी     |     कांग्रेसको १५औँ महाधिवेशन : विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित     |     कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी     |     सर्वोच्च अदालतमा नियुक्तिका लागि चार न्यायाधीश सिफारिस     |     कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त     |     दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे     |    
समाचार

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

२१ आश्विन २०८३, बुधबार २१:०२

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा सभापति थापाले पार्टीभित्र सबै किसिमको गुट सकिएको बताएका हुन् । “आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन,” उनले भने ।

सभापति थापाले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने बताएका छन् । पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजनभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

यसअघि पनि आफूले पार्टीको आन्तरिक व्यवस्थापनमा सीमित हुनेभन्दा कांग्रेसलाई समाज र जनताबीचको बहसमा केन्द्रित गरेको सभापति थापाले बताए ।

उनले आफ्नो समयको ठूलो हिस्सा पार्टीभन्दा बाहिर कांग्रेसका नीति, विचार र मुलुकका विषयमा बहस गर्न खर्चिने बताए । सभापति थापाले महाधिवेशन सकिए लगत्तै स्थानीय तहको निर्वाचनसम्म दिनरात खटिने बताए ।

प्रतिक्रिया दिनुहोस्