Trending
कांग्रेसको १५औँ महाधिवेशन : विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित     |     कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी     |     सर्वोच्च अदालतमा नियुक्तिका लागि चार न्यायाधीश सिफारिस     |     कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त     |     दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे     |     दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश     |     कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता     |     नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |    
समाचार

कांग्रेसको १५औँ महाधिवेशन : विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित

२० आश्विन २०८३, मंगलवार २१:४९

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

निर्धारित समयभित्र वरिष्ठ उपसभापतिमा शर्माको र महिला उपसभापतिमा भुसालको मात्रै उम्मेदवारी परेपछि दुवै जना निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन समितिका अनुसार मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो।

पार्टीको संशोधित विधानअनुसार यस महाधिवेशनबाट वरिष्ठ उपसभापति पद सिर्जना गरिएको हो। शर्मा यसअघि विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए।

भुसाल पनि गत विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित भएकी थिइन्। संशोधित विधानअनुसार कांग्रेसका चार उपसभापतिमध्ये एक पद महिलाका लागि छुट्याइएको छ।

प्रतिक्रिया दिनुहोस्