–गुणराज लोहनी
भारतमा हुने फेरवदलले त्यहाँ मात्र नभएर उसका छिमेकी राष्ट्रहरुमा निकै नै प्रभाव पार्ने गरेको छ । यद्यपी भारतमा सरकार परिवर्तनका कारण त्यहाँको विदेश नीतिमा खासै वदलाव हुने गरेको छैन । तैपनि विशेष अवस्था र घडीमा निकै नै प्रभाव पर्ने गरेको छ । त्यसैले भारतमा भएको चुनाव, जुन ४ मा सार्वजनिक गरिएको चुनावको परिणाम र तेस्रो पटक नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बनेपछि यसको असर नेपालमा कस्तो पर्ला भन्ने जिज्ञासा रहनु स्वभाविक हो । जुलाई २ को विहानै १२.१थ जाँदा शेरबहादुर देउवा र केपी ओली बीच भएको प्रचण्ड
सरकारलाई विस्थापित गरी पहिला केपी ओली र त्यसपछि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र संविधान
संशोधन गर्ने सहमतिमा भारतको भूमिका के रह्यो भन्ने कुरा अहिले सर्वाधिक चासोको विषय बनेको छ । भारतमा विभिन्न चरणमा चुनाव हुँदै गर्दा राष्ट्रिय प्रजातान्त्रिक(एनडीए) र इण्डिया गठबन्धन बनेका थिए
। एनडीएको मुख्य घटक भारतीय जनता पार्टीले प्रधानमन्त्रीलाई चुनावी मस्काट नै बनाएको थियो । उसको घोषणा पत्रको अग्रपृष्ठमा नै “मोदी ग्यारेन्टी २०२४”, “फिर एक बार, मोदी सरकार”को नारा नै लेखेको थियो । त्यसैगरी अर्को चर्को नारा दिएको थियो “अब कि बार चार सौ पार ।”
मोदीको दुई कार्यकालमा भाजपामा जस्तो पकड बनाए र हिन्दू धर्मको पक्षामा जे जति गरे, त्यसबाट उनीमा अचम्मको दम्भ नै पलायो र उनले आफू जैविक प्रक्रियाबाट नजन्मिएर दैविक शक्तिको उपज हुँ सम्म भन्न भ्याएका थिए । उनको यो भनाईप्रति विभिन्न टिप्पणीहरु भएका छन् । वास्तवमा उनको यो अभिव्यक्ति सत्तादम्भबाट पैदा भएको उन्माद हो । सत्तामा शक्तिप्रति सर्वसाधारणले गर्ने भरपर्दो व्यवहारको दुरुपयोग हो । त्यसैले उनको यो हथकण्डाले चुनावमा सकारात्मक प्रभाव पार्न सकेन ।
चुनावी परिणाम
२०१९ को चुनावमा एनडीएले ३६० सिटमा जितेर मोदीको नेतृत्वमा सरकार बनाएको थियो । २०१४ मा उक्त गठबन्धनले २८२ सिटमा जीत हासिल गरेर मोदीको पहिलो सरकार बनेको थियो । २०१४ कोभन्दा बढी सिटमा विजय प्राप्त गरेर प्रधानमन्त्री बनेका मोदी र उनको पार्टीमा दम्भ पलाउनु ठूलो कुरा थिएन । तर यसपाली मोदीले सोचेको जस्तो भएन । “अब कि बार चार सौ पार” उनीहरुकालागि केवल नारामा मात्र सीमित भयो । जबकी भाजपाले केवल २४० सिटमा मात्र विजय प्राप्त गरेको छ । र उसको गठबन्धनले केवल २९३ सिटमा विजय हासिल गरेको छ । त्यही एनडीएको बहुमतमा मोदी तेस्रो पटक प्रधानमन्त्री बनेका छन् ।
मोदीको १० वर्षे कार्यकालमा नेपाल
मोदी पहिलो पटक प्रधानमन्त्री भएपछि उनले अगस्त ३, २०१४ मा नेपालको संविधानसभा तथा
संसदलाई सम्बोधन गरेका थिए । तर यसअघि उनी भुटानमा गएर सम्बोधन गरेका थिए । त्यहाँ बोǔदा उनले नेपालको नाम ३ पटकसम्म लिएका थिए । यद्यपी नेपालको नाम झुकिएर लिएका थिए । यसबाट थाहा हुन्थ्यो कि मोदीको दिमागमा नेपाल थियो । नेपालको संसदलाई सम्बोधन गर्दा उनले धर्म, नयाँ बन्ने संविधान र नेपालको पानी र बिजुलीलाई विशेष केन्द्रीत गरेका थिए । नयाँ बन्ने संविधानका बारेमा उनले संविधान भनेको किताब मात्र होइन । यसले भूत, वर्तमान र भविष्यलाई एकीकृत गर्दछ । हाम्रो काम तपाईहरुको काममा दखल दिने होइन
। संविधान यस्तो होस् जुन सर्वसमावेशक होस् । संविधान वर्तमानको बोझले थिचिएको हुनुहुँदैन । उनका यी भनाईले नेपालमा बन्दै गरेको संविधानप्रति उनको निकै चासो रहेको कुरा स्पष्ट हुन्थ्यो ।
नेपालको विद्युतको बारेमा उनले भनेका थिए नेपालको बिजुली सित्तैमा चाहिदैन, किन्न चाहान्छौं । हामी तपाईहरुको पानी लैजान चाहादैनौं । पानी र जवानी कहिǔयै पहाडमा काम लाग्दैन । तर यो भनाईलाई हामी बदǔन चाहान्छौं । यो पानी र जवानी हाम्रो काममा कसरी आयोस् । विकासको योजनाबाट यहाँको प्राकृतिक स्रोत साधनलाई उपयोग गरेर पानी र जवानीलाई विकासमा लगाउनु पर्दछ । भारतलाई विजुली बेचेर मात्रै पनि नेपाल समृद्ध देश बन्न सक्दछ । उनले आफ्नो भाषणमा पाइपलाईनबाट तेल ǔयाउने कुरा गरेका थिए । मोदीले एचआईटी हिटको कुरा उठाएका थिए—हाइवेज, आइवेज र ट्रान्सवेज । मोदीका यी व्याख्यामा नेपालको प्राकृतिक साधन÷स्रोतको महत्व दर्शाइएको थियो । उनले संसलमा बोलेर सांसदहरुलाई मख्ख पार्दै नेपालको साधन÷स्रोतमा आँखा लगाएको स्पष्ट हुन्थ्यो ।
यसरी संसदमा मोदीले धारा प्रवाह बोलिरहँदा भाषण गरिराखेका थिएनन्, नेपालमा उनले धर्म, संस्कार संस्कृति, विकास र संविधानप्रतिको आफ्नो योजना सुनाइ राखेका थिए । सांसदहरु मोदीका प्रत्येक भनाईमा ताली बजाइ रहेका थिए । तिनै ताली बजाउनेहरुको अग्रपंक्तिमा जनयुद्धका योजनाकार र मुख्य नाइके प्रचण्ड र बाबुराम भट्टराई पनि थिए । मोदीको भाषणलाई नेपालका सबै सञ्चार माèयमले निकै महत्वका साथ प्रशारण गरेका थिए
मोदीको नेपाल हेर्ने आँखा परिवर्तन !
पहिलो पटक प्रधानमन्त्री हुँदा नरेन्द्र मोदीले नेपाललगायतका देशहरु यसअघि जसरी सुरक्षा निकाय र कर्मचारीतन्त्र मार्फत हेरिन्थ्यो, निर्देशित गरिएको थियो, त्यसलाई बदलेर सिधै आफैले हेर्ने नीति मोदीले लिन खोजेका थिए । तर माथि भनिए जस्तै मोदी असफल हुँदै गएका थिए । त्यसैले उनले पुरानै रवैयालाई निरन्तरता दिन थाले
। उनले पहिलो प्रत्यक्ष रेखदेख निर्देशनबाट दोस्रो पुरानो प्रकृया सुरक्षा निकायद्वारा नै अघि बढाउने नीति अंगाǔन पुगे । साथै मोदीले धर्मको नाममा नेपालमा सामाजिक इञ्जिनियरिङ आर्थिक विकासका दुई योजनाहरु सँगै ǔयाएका थिए । आर्थिक विकासलाई मोदीले आर्थिक संग्लन बनाइ राख्ने नीति बनाएका थिए । यो आर्थिक संलग्नताले गर्दा चीनले नेपालमा हात नहालोस् र दक्षिणतिरको सम्बन्ध बनिराखोस् भन्ने योजना बनाइयो । यसले गर्दा भारतले नेपालको विजुली किन्ने, विजुली एक्स्टेन्सन लाइनको विस्तार, पाइपद्वारा तेल ǔयाउने, हुलाकी लगायतका मुख्य
राजमार्ग निर्माण गर्ने योजनाहरु ǔयाएका थिए । यी योजनाहरु अहिले कार्यान्वयन छन् । यहि योजना अनुसार भारतले नेपालको १० हजार मेगावाट विजुली किन्ने सम्झौता गरेको छ । रेल पुनः सञ्चालन गरेको छ ।
मोदीको अर्को योजना हो, नेपालको सामाजिक सम्बन्धमा इञ्जिनियरिङ गरेका थिए । २०१४ पछि नेपालमा भारतीय सांस्कृतिक आत्मासात बढी थपिएको छ । धर्मको नाममा शुरु गरिएका सामाजिक इजिनियरिङले नेपालमा काम गर्न थालेको थियो । हिन्दू, बौद्ध, इसाई र मुसलमान भएको नेपालमा केही छिटपुट घटना बाहेक कुनै धार्मिक दंगा भएका छैनन् । तर उक्त परियोजनापछि नेपालका तराई भागमा यस्ता घटनाले निरन्तरता नै पाएको थियो । २६ अगस्त २०२३ मा गोरुको मासु खाएको भन्ने विषयलाई लिएर धरानमा नेपाल र भारतबाट आएका हिन्दूहरुले प्रदर्शन गरेका थिए । त्यहाँ स्थानीय प्रशासनले निषेधाज्ञ नै लगाउनु परेको थियो । त्यहाँबाट शुरु भएको हिन्दू र गैह्र हिन्दू बीचको द्वन्द्व नेपालगञ्जसम्म पुगेको थियो ।
तेस्रो कार्यकाल र नेपाल
अक्टोबर २३, २०२० को मèयरातमा भारतका खुफिया एजेन्सी रअका प्रमुख सामन्त गोयल बालुवाटार प्रधानमन्त्री निवासमा भेटे । त्यसको केही समयपछी डिसेम्बर २०, २०२० मा केपी ओलीले सिफारिस गरे बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेकी थिइन् । एसडी मुनीका अनुसार सामन्त गोयलले केपीसँग चार खम्बे नीति लागू गर्न सुझाव दिएको र त्यो लागू भएमा संसद भंग गरी मèयावधी गर्न निर्देशन दिएको छन् । ती चार खम्बमा विकास साझेदारी÷आपसी सहयोग, बलियो सम्बन्ध सञ्जाल, बलिया आर्थिक परियोजना र भोतिकपूर्वाधार
र नेपालका युवाहरुलाई शिक्षामा सहज पहुँच र अवसरको प्रयाप्तता रहेको छ । यो घटनाले के देखाउँद छ भने भारतले नेपाललाई उसको पुरानै दुई आँखा सुरक्षा निकाय र कर्मचारीतन्त्र हेरेको छ ।
अब मोदीले पनि त्यही गर्ने छन् जसरी यसअघिका सरकार र स्वयं मोदीले गरेका थिए । मोदी प्रधानमन्त्री भई सपथग्रहण गर्दा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल उक्त समारोहमा सरिक भएका थिए । आन्तरिकरुपमा उनीहरुका बीचमा कुरा के भन्ने सार्वजनिक भएका छैनन् । तर प्रचण्ड एयरपोर्ट आउँदा नै उनको चुरीफुरी बढेको थियो । जुलाई २२ का दिन प्रचण्डले आफूहरुसँग जादू नम्बर रहेको भनेका थिए । यसो भन्नुका पछाडि मोदीले प्रचण्डलाई धाप मारेको स्पष्ट हुन्छ ।
तर जुलाई १ को मèयरातमा अन्नपूर्ण प्रालिका अèयक्ष रामेश्वर थापाको विशेष पहलमा शेरबहादुर देउवा र केपी ओलीको बीचमा प्रचण्ड सरकारलाई विस्थापन गरी उनीहरुको गठबन्धन सरकार बनाउने सहमति भएको थियो । प्रचण्डले मोदीलाई नेपालले बिआरआईमा कुनै पनि हालतमा हस्ताक्षर नगर्ने वचन दिएको बुझिएको छ । यसमा एमालेको विद्या भण्डारीको गुट र स्वयं भण्डारी सहमत भएर चीनसँग विशेष पहल गरेको बुझिएको छ । आफनो अडानमा नरहेकाले अमेरिका र भारतको विशेष योजनामा प्रचण्डको सरकारलाई अपदस्थ गर्ने योजना बनेको थियो ।
घटनाक्रमहरु बढिरहेका छन् । यहाँ मुख्य कुरा अब भारतले नेपाललाई हेर्ने दृष्टिकोण बदलिन सक्छ कि?
सक्दैन भन्ने हो । यसमा त्यत्ति ठूलो परिवर्तन आउने वाला छैन । इन्दिरा गान्धीले रअको स्थापना गरेदेखि अहिलेसम्म भारतमा जुन कुनै पार्टीको सरकार गठन भए पनि नेपाललाई हेर्ने नीतिमा फेरबदल आएको छैन ।
मोदीको दोस्रो कार्यकालमा प्रचण्डसँग भेटहुँदा मोदीले नेपालमा हिन्दू राज्य घोषणा गर्न गराएको सहमति अब के हुन्छ भन्न सकिदैन । मोदी, आदित्यनाथ जस्ता कटटर हिन्दूवादीहरुले सुविधानजक मत नǔयाए पछि उनीहरु भारतमा नै कमजोर बन्न पुगेका छन् । यस बाहेक अरु कुरा हेर्दै जानु पर्दछ ।