Trending
कारको ठक्करबाट स्कुटर चालकको मृत्यु     |     ‘जेरी अन टप’ ले तीन दिनमा कति कमायो?     |     नर्सहरूको आन्दोलनमा ‘मायाको पहिचान नेपाल’को ऐक्यबद्धता     |     पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत     |     हालान्डको दुई गोलले म्यानचेस्टर सिटीको सहज जित     |     सुनको मूल्य घट्यो     |     डेढ महिनामा सात हजार पर्यटक भित्रिए     |     आज काग तिहार मनाइँदै     |     यस्तो रहनेछ तिहारमा मौसम     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |    
कला र मनोरन्जन

‘जेरी अन टप’ ले तीन दिनमा कति कमायो?

४ कार्तिक २०८२, सोमबार २१:२६

काठमाडौँ। तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जेरी अन टप’ले दर्शकको साथ पाएको छ।

चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार चलचित्रले प्रदर्शनको तीन दिनमा रु दुई करोड २२ लाख ८१ हजार ६९८ रुपैयाँको व्यापार गरेको छ ।

उक्त चलचित्रका अभिनेता अनमोल केसीका अनुसार चलचित्रले प्रदर्शनको पहिलो दिन असोज ३१ मा रु ७२ लाख ५९ हजार ४०८ रुपैयाँ, दोस्रो दिन रु ८६ लाख ३८ हजार २१० रुपैयाँ र तेस्रो दिन ६३ लाख ८४ हजार ८० रुपैयाँको व्यापार गरेको हो ।

हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहनुभएका अभिनेता केसीले झन्डै डेढ वर्ष लगाएर तयार पारिएको चलचित्रले दर्शकको अपेक्षा पुरा गर्दा मेहनतको फल प्राप्त गरेको प्रतिक्रिया दिए ।

“मैले एउटा चलचित्रमा काम सुरू गरेदेखि प्रदर्शन नहुँदासम्म अन्य काम गर्दिन । हामीले जुन सोच र मेहनतका साथ चलचित्रमा समय दिएर निर्माण गरेका थियौँ, त्यो आज सफल भएको आभाष भएको छ”, उनले भने।

उनका अनुसार चलचित्रलाई तीन दिनमा ६० हजार बढी दर्शकले हेरेका छन् । उक्त चलचित्रमा अभिनेता केसीसँगै भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन् । सरोज न्यौपानेद्वारा प्रस्तुत उक्त चलचित्र सुयोग गुरूङले निर्देशन गरेका हुन्।

निर्देशक हेमराज विसीको कथा, विश्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीले छायाङ्कन गरेको चलचित्रको वितरकको रुपमा रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्