Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
कला र मनोरन्जन

‘जेरी अन टप’ ले तीन दिनमा कति कमायो?

४ कार्तिक २०८२, सोमबार २१:२६

काठमाडौँ। तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जेरी अन टप’ले दर्शकको साथ पाएको छ।

चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार चलचित्रले प्रदर्शनको तीन दिनमा रु दुई करोड २२ लाख ८१ हजार ६९८ रुपैयाँको व्यापार गरेको छ ।

उक्त चलचित्रका अभिनेता अनमोल केसीका अनुसार चलचित्रले प्रदर्शनको पहिलो दिन असोज ३१ मा रु ७२ लाख ५९ हजार ४०८ रुपैयाँ, दोस्रो दिन रु ८६ लाख ३८ हजार २१० रुपैयाँ र तेस्रो दिन ६३ लाख ८४ हजार ८० रुपैयाँको व्यापार गरेको हो ।

हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहनुभएका अभिनेता केसीले झन्डै डेढ वर्ष लगाएर तयार पारिएको चलचित्रले दर्शकको अपेक्षा पुरा गर्दा मेहनतको फल प्राप्त गरेको प्रतिक्रिया दिए ।

“मैले एउटा चलचित्रमा काम सुरू गरेदेखि प्रदर्शन नहुँदासम्म अन्य काम गर्दिन । हामीले जुन सोच र मेहनतका साथ चलचित्रमा समय दिएर निर्माण गरेका थियौँ, त्यो आज सफल भएको आभाष भएको छ”, उनले भने।

उनका अनुसार चलचित्रलाई तीन दिनमा ६० हजार बढी दर्शकले हेरेका छन् । उक्त चलचित्रमा अभिनेता केसीसँगै भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन् । सरोज न्यौपानेद्वारा प्रस्तुत उक्त चलचित्र सुयोग गुरूङले निर्देशन गरेका हुन्।

निर्देशक हेमराज विसीको कथा, विश्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीले छायाङ्कन गरेको चलचित्रको वितरकको रुपमा रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्