Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
समाचार

पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत

४ कार्तिक २०८२, सोमबार २०:५३

बेइजिङ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनले स्वागत गरेको बताएका छन् ।

कतारको विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा पाकिस्तान र अफगानिस्तानले कतार र टर्कीको मध्यस्थतामा तत्काल युद्धविरामका लागि सहमति जनाएका छन् । यसबाहेक दुबै पक्षले यसको दिगोपना सुनिश्चित गर्न वार्ता जारी राख्नेछन्। पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले युद्धविरामको पुष्टि गर्दै अक्टोबर २५ मा इस्तानबुलमा दुई पक्षबीच अर्को चरणको वार्ता हुने बताएका छन् ।

“पाकिस्तान र अफगानिस्तान दुवै चीनका परम्परागत छिमेकी हुन् यसलाई नजरअन्दाज गर्न सकिँदैन,” गुओले भने । “चीन दुई देशबीच भएको युद्धविराम सम्झौताको स्वागत गर्दछ र सम्बन्धित देशहरूले गरेको योगदानको प्रशंसा गर्दछ,” प्रवक्ता गुओले भने ।

“चीनले पाकिस्तान र अफगानिस्तानबीच आफ्ना मतभेदहरू समाधान गर्न, एक व्यापक र दिगो युद्धविराम हासिल गर्न र संयुक्त रूपमा दुवै देश र क्षेत्रको शान्ति र स्थिरताको रक्षा गर्न निरन्तर वार्ता र परामर्शको आशा र समर्थन गर्दछ,” उनले भने ।

“पाकिस्तान–अफगानिस्तान सम्बन्ध सुधार र अगाडि बढाउन रचनात्मक भूमिका निर्वाह गर्न चीन अन्तर्राष्ट्रिय समुदायसँग काम गर्न इच्छुक छ,” गुओले युद्धविराम पहलको स्वागत गर्दै यसमा चीनको पूर्ण सहयोग रहने बताए। (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्