Trending
कारको ठक्करबाट स्कुटर चालकको मृत्यु     |     ‘जेरी अन टप’ ले तीन दिनमा कति कमायो?     |     नर्सहरूको आन्दोलनमा ‘मायाको पहिचान नेपाल’को ऐक्यबद्धता     |     पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत     |     हालान्डको दुई गोलले म्यानचेस्टर सिटीको सहज जित     |     सुनको मूल्य घट्यो     |     डेढ महिनामा सात हजार पर्यटक भित्रिए     |     आज काग तिहार मनाइँदै     |     यस्तो रहनेछ तिहारमा मौसम     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |    
समाचार

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

४ कार्तिक २०८२, सोमबार २१:५५

काठमाडौँ। काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ।

उक्त सडक खण्डमा बा ५ च ८३२० नम्बरको कारले बा.प्र.०२–०२७ प ६७३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–६ थली बस्ने ३६ वर्षीय मिङ्मार पाख्रिनको उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने , “कारको ठक्करबाट पाख्रिन आइतबार राति गम्भीर घाइते थिए । उनको शङ्खरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।” ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्