Trending
२४ जना उपसचिवको सरूवा (सूची)     |     एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर     |     व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश     |     कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त     |     नाट्टा अध्यक्षमा जिस्वान तुलाधरको उम्मेदवारी, पर्यटन विविधीकरणदेखि महिला नेतृत्वसम्म प्राथमिकतामा     |     सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन     |     विश्वकप क्रिकेट लिग–२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य     |     सुनसरी घटना : सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय     |     दोषीलाई कारबाहीकाे माग गर्दै स्वास्थ्यकर्मीले गरे प्रदर्शन     |     ‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग     |    
समाचार

जापानिज इन्सेफलाइटिस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

२८ भाद्र २०८१, शुक्रबार १३:४१

२८ भदौ,काठमाडौँ। नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।

परिवार कल्याण महाशाखाका अनुसार देशभरका ६१ जना जापानीज इन्सेफलाइटिसका  सङ्क्रमितमध्ये १४ जनाको मृत्यु भएको हो । बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट मृत्युदर ३० प्रतिशत हो । हाल नेपालमा सङ्क्रमण पुष्टि भएकामध्ये २३ प्रतिशतको मृत्यु भएको गौतमले बताए । ‘मृत्यु हुनेमा १५ वर्ष मुनिका बालबालिका पनि छन्,’ उनी भन्छन्, ‘गत वर्षको तुलनामा यो वर्ष मृत्युदर बढी छ ।’

गतवर्ष यसको संक्रमणबाट ६ जनाको मात्रै मृत्यु भएको थियो । तर गतवर्षको तुलनामा यो वर्ष मृत्यु संख्या बढेको हो। गतवर्ष  १०७ जना यो संक्रमण  देखिएको थियो तर यो वर्ष ६१ जना मात्रै भेटिदा १४ जना संक्रमितको मृत्यु भइसकेको छ। जसले गर्दा गत वर्षभन्दा यो वर्ष जापानी इन्सेफ्लाइटिस  संक्रमणको मृत्युदर उच्च रहेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए।

पछिल्ला केही वर्षको विवरण हेर्ने यो भने सन् २०१७ पछि सन् २०२३ र यो वर्षमा धेरै  संक्रमितको मृत्यु भएको छ। सन् २०१७ मा ८१ जना संक्रमित देखिएका एकजना संक्रमितको मृत्यु भएको थियो। त्यसपछि सन् २०१८ मा ५८ जना, सन् २०१९ मा ७० जना, सन् २०२४ मा २४ जना,सन् २०२१ मा २८ जना, सन २०२२ मा ७९ संक्रमित भेटिएका थिए। तर सन् २०१७ मा एकजना संक्रमितको मृत्यु भएयता सन् २०२३ को बीचमा कुनै पनि संक्रमितको मृत्यु भएको थिएन।

जापानीज इन्सेफलाइटिस के हो ?

डा. गौतमका अनुसार जापानीज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो रोग लामखुट्टेको तोकाइबाट सर्ने गर्दा छ । ‘जापानीज इन्सेफलाइटिस जनवारलाई टोकेर मानिसलाई टोकेमा सर्ने भाइरसजन्य रोग हो,’ उनले भने, ‘यो रोग मानिसको स्नायुमा असर पुर्याइ अङ्गभङ्ग बनाउनुका साथै बिरामीको मृत्यु समेत हुने गरेको छ ।’

यो रोग सबै उमेर समूहका मानिसलाई सङ्क्रमण हुने भएपनि १५ वर्ष मुनिका बालबालिका जोखिममा रहेको डा. गौतमले बताए ।

जापानीज इन्सेफलाइटिस सर्ने भाइरसबाट सङ्क्रमित जनावर (हाँस, कुखुरा, सँगुर, बँगुर, घरपालुवा चरा)लाई लामखुट्टेले टोकेर सो लामखुट्टे सङ्क्रमित हुन्छ । त्यस लामखुट्टेले मानिसलाई टोकेमा जापानीज इन्सेफलाइटिस रोग सर्छ । तर यो रोग मानिसबाट मानिसमा भने नसर्ने डा. गौतमको भनाई छ ।

लक्षण कस्तो हुन्छ ?

एक्कासी टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटीमा गाह्रो हुने, बेहोस हुने, कमपन हुने, पक्षघात हुने यो रोगको प्रमुख लक्षण रहेको डा. गौतमको भनाई छ । यदि यो रोगको समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्ने उनी बताउँछन् । यो रोग लागेको तीन दिनमा उपचार पाएमा निको हुने तर ढिलो भएमा अवस्था गम्भीर हुने डा. गौतमले बताए ।

रोगबाट कसरी बच्ने ?

जापानीज इन्सेफलाइटिसबाट जोगिने लामखुट्टेको टोकाइबाट बच्नुनै यस रोगबाट बच्ने प्रमुख उपाय रहेको डा. गौतामको भनाई छ । यो रोगबाट बच्न शारिर ढाक्ने कपडा लगाउने, झुलभित्र सुत्न उनी सुझाउँछन् ।

यस्तै, घरपालुवा चरा तथा जनावरहरुलाई व्यवस्थित तरिकाले घरदेखि टाढा खोरामा पाल्ने । बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएका कपडा लगाउनु पर्ने लगायत उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्