Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज

२२ मंसिर २०८२, आईतवार १४:१४

काठमाडौँ।  भारतले विशाखापत्तनममा सम्पन्न तेस्रो एकदिवसीय क्रिकेट खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै तीन खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ।

२ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो।

भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल। जसले आफ्नो पहिलो ओडिआई शतक प्रहार गरे। १ सय २१ बल खेलेका उनले १२ चौका र २ छक्का सहित १ सय १६ रनमा अविजित रहे।

जयसवालले पहिलो विकेटका‌ लागि रोहित शर्मासँग १ सय ५५ रनको साझेदारी गरे। रोहित शर्माले ७५ र विराट कोहलीले अविजित ६५ रन बनाएका थिए ।

त्यसअघि विशाखापट्टनममा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ४७ ओभर ५ बलमा २ सय ७० रनमा अलआउट भयो। दक्षिण अफ्रिकाका क्विन्टन डे ककले १ सय ६ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन्। भारतका भारतका प्रसिद्ध कृष्णले ४ विकेट लिए।

यसअघि यी दुई टोलीबीच भएको टेस्ट शृङ्खलामा दक्षिण अफ्रिकाले भारतलाई हराएको थियो । अब भारत र दक्षिण अफ्रिकाबीच ५ खेलको टी–२० शृङ्खला आउँदो मङ्गलवारदेखि कटकमा शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्