Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

एसियन युथ पारा गेम्सलाई टोली प्रस्थान

२३ मंसिर २०८२, सोमबार १९:५५

काठमाडौँ। नेपालकी पारा तेक्वान्दो खेलाडी रेनु तामाङले यूएईको दुबईमा मंसिर २१ देखि २८ सम्म हुने एसियन युथ पारा गेम्समा प्रतिस्पर्धा गर्ने भएकी छन् ।

राष्ट्रिय खेलकुद परिषद्बाट सञ्चालित मिसन–२०२६ को विशेष प्रशिक्षणमा रहेकी रेनुले के–४४ विधाको ४७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा छन् । प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल टु प्रशिक्षक कविराज नेगी लामा छन् । नेपाली टोली सोमबार राति दुबई जानेछ । उनले मंसिर २६ मा प्रतिस्पर्धा गर्ने छिन् ।

नेपाली टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य भानबहादुर चन्दलगायतीले बिदाइ गरेका थिए ।

रेनुले यसअघि मलेसियामा सम्पन्न भएको १० औं एसियाली पारा तेक्वान्दोमा सहभागिता जनाएकी थिइन् । उनले १३ औं कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

पारालिम्पिकको इतिहासमा नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल प्रशिक्षक नेगीको प्रशिक्षणमा नेपालले ३ स्वर्ण, २ रजत र ७ कांस्यसहित १२ अन्तर्राष्ट्रिय पदक जितेको छ । उनकै प्रशिक्षणमा सन् २०२१ बहराइनमा भएको एसियन युथ पारा गेम्समा पलेशा गोबर्धनले स्वर्ण, सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य पदक जितेका थिए ।

एथलेटिक्समा युथ पारा गेम्समा पुरुष खेलाडी मोहन रोका र विजय मोक्तान, टेबलटेनिसमा महिला खेलाडी निर्मला भण्डारी, पुरुष खेलाडी स्विकृत न्यौपाने र प्रशिक्षकमा बसन्त भारती छन् भने पावरलिफ्टिङमा मनीष पुन, अफिसियलमा गणेशबहादुर कार्की, काजु सिवाकोटी रहेका छन् । ओमनाथ शिवाकोटी सेफ द मिसनमा छन् । टोलीलाई राष्ट्रिय पाराम्लिपिक कमिटीका अध्यक्ष राधा घलेले बिदाइ गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्