Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

एनपीएलः सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम, विराटनगरको सानदार जित

२१ मंसिर २०८२, शनिबार १४:३८

काठमाडौं। नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत विराटनगर किङ्सले पहिलो क्वालिफायर खेल्ने भएको छ ।

भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै विराटनगरले राम्रो रनरेटको आधारमा पहिलो क्वालिफायरमा स्थान पक्का गरेको हो । टोलिले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै प्रतिस्पर्धा गर्नेछ ।

१४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै ४ विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि फाफ डु प्लेसिस र साम हिजलेटले अर्धशतक बनाए । प्लेसिसले २० बलमा ५ चौका र ४ छक्काको मद्दतले ५० रन जोडे भने हिजलेटले २७ बलमा ३ चौका र ४ छक्काको मद्दतले ५१ रन बनाए ।

यस्तै मार्टिन गप्टिलले २२ रन बनाए । प्रतिश जिसीले लगातार दुई छक्का प्रहार गर्दै विराटनगरलाई सानदार जित दिलाए । उनी ३ बलमा १३ रनमा अविजित रहे ।

वलिङतर्फ सुदूरपश्चिमका अविनाश बोहराले दुई तथा हरमित सिंहले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन जोड्यो ।

उसका लागि इशान पाण्डेले ३८, आरिफ शेखले अविजित ४५, जोश ब्राउनले २४, विनोद भण्डारीले १५, दिपेन्द्र सिंह ऐरी १९ रन जोडे ।

वलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले तिन तथा बसिर अहमद र प्रतिश जिसीले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्