काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १४८ रनको लक्ष्य लिदिएको छ।
टस हारेर सुदूरले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १४७ रन बनायो। आरिफ शेखले ३२ बलमा अविजित रहँदै ४५ रन बनाए । ईशान पाण्डेले ३५ बलमा ३८ रन बनाए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले ११ बलमा १९ रन बनाए।
सन्दीप लामिछानेले ३, प्रतिस जीसीले २ तथा बसिर अहमदले विकेट लिए।