Trending
सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव     |     यु–१९ क्रिकेट महिला टिमको बन्द प्रशिक्षण सुरु     |     वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो     |     अमेरिकामा बन्ने भयो ‘नक्कली सूर्य’, ४०० मेघावाट बिजुली उत्पादन गर्ने     |     बजाज फाइनान्स मेला २०२४ सुरु     |     इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो     |     नेताहरूलाई कारबाहीपछि शंकर पोखरेलले एआईको सहायता लिँदै लेखे यस्तो     |     सनसाइन र हेम्स उपाधिनजिक     |     मेयर कप टेबलटेनिस सुरु     |     अपडेट : विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार     |    
समाचार

आज अपाङ्गता भएका व्यक्तिको अन्तरराष्ट्रिय दिवस मनाइँदै

१८ मंसिर २०८१, मंगलवार ०३:३७

१८ मंसिर, काठमाडौं। अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तरराष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसङ्ले यो वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ।

नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो मनाउँदै छन्। दिवसका सन्दर्भमा यसैबमोजिम अन्तर्राष्ट्रिय र राष्ट्रिय नाराको प्रयोग गर्न/गराउन सरकारले आह्वान गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन्। अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति वञ्चित छन्।

उक्त प्रतिवेदन अनुसार नेपालको कूल जनसङ्ख्याको २.२प्रतिशत अर्थात् ४७ हजार ७४४ जना अपाङ्गता भएका व्यक्ति छन्। जनगणनाको प्रतिवदेन अनुसार कूल परिवारमध्ये ३.१ प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन्। अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५०.१ प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्