Trending
आजपाबाट खस–आर्य महिला तर्फ पहिलो नम्बरमा एलिजा गौतम     |     चौथो अर्थतन्त्र बन्यो भारत     |     ओलीको व्यंग्य- स्यालहरूको मोर्चाले सिंहलाई जित्दैन     |     अनिश तामाङले जिते ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि     |     एनभीए च्याम्पियनसिप : खिल्जी क्वार्टरफाइनलमा     |     टि–२० विश्वकपका लागि इंग्ल्यान्डको १५ सदस्यीय प्रारम्भिक टोली घोषणा     |     नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको सहमति     |     बालेनले भने: म नेपाल हासेको हेर्न चहान्छु     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता, ७ बुँदे सहमति     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति     |    
कला र मनोरन्जन

गण्डकी प्रदेशका नव प्रतिभाको उत्सव: गृष्मा र सौगात विजयी घोषित

३० असार २०८२, सोमबार ०८:२०

पोखरा- नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा तथा ICAS को मुख्य प्रायोजनमा सम्पन्न बहुचर्चित सांगीतिक तथा नृत्य प्रतियोगिता ‘गण्डकी स्टार सिजन ६’ को उपाधि पोखरास्थित प्रतिभा सेकेण्डरी स्कुलले जितेको छ।

नृत्यतर्फ सोही विद्यालयकी छात्रा गृष्मा गौतमले उत्कृष्ट प्रस्तुति दिँदै ‘गण्डकी स्टार’ को उपाधि हात पारिन् भने, गायनतर्फ सौगात सुनारले पहिलो स्थान हासिल गरे।

नृत्य विधामा गृष्मा गौतम विजेता घोषित भइन भने प्रसिद्धि सुबेदी फर्स्ट रनरअप, रेश्मा विक सेकेन्ड रनरअप, एनि कार्की थर्ड रनरअप र गरिमा भट्ट मोस्ट पपुलर च्वाइस घोषित भए। त्यस्तै, गायनतर्फ सौगात सुनार विजेता घोषित भए भने सोनम गुरुङ फर्स्ट रनरअप, ज्योती खड्का सेकेन्ड रनरअप, केशव पुन थर्ड रनरअप र सन्जय पुन फोर्थ रनरअप बने।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय श्याम राजा महतले प्रतिभा विकास, कला प्रवर्द्धन र सांस्कृतिक चेतनाका लागि यस्ता प्रतियोगिता आवश्यक रहेको बताउँदै नव प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सबैले साथ दिनुपर्ने धारणा राखे।

विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय लक्ष्मण बहादुर पाण्डे र विशेष अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य बहादुर बिखर्चिले यस्ता कार्यक्रमहरू नव प्रतिभा पहिचान तथा प्रोत्साहनमा टेवा पु¥याउने बताए।

कार्यक्रममा निष्पक्ष मूल्याङ्कनका लागि डा. दिपामाला श्रेष्ठ गुरुङ, धर्मेन्द्र पौडेल, पूजा ठाकुर, रमेश श्रेष्ठ, करणन तामाङ, आरजु बिष्ट सल्यानी र झलक गुरुङ सहितको निर्णायक मण्डलको सहभागिता थियो। गण्डकी प्रदेशका नव प्रतिभाहरूको पहिचान र प्रोत्साहनमा कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास आयोजक संस्थाको रहेको छ।

पोखरा उद्योग वाणिज्य संघको हलमा सम्पन्न कार्यक्रम अत्यन्त भव्य र आकर्षक रूपमा सम्पन्न भएको थियो। आयोजक नन्द इन्टरटेन्मेन्ट हाउसले यस्ता कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्