Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

गण्डकी प्रदेशका नव प्रतिभाको उत्सव: गृष्मा र सौगात विजयी घोषित

३० असार २०८२, सोमबार ०८:२०

पोखरा- नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा तथा ICAS को मुख्य प्रायोजनमा सम्पन्न बहुचर्चित सांगीतिक तथा नृत्य प्रतियोगिता ‘गण्डकी स्टार सिजन ६’ को उपाधि पोखरास्थित प्रतिभा सेकेण्डरी स्कुलले जितेको छ।

नृत्यतर्फ सोही विद्यालयकी छात्रा गृष्मा गौतमले उत्कृष्ट प्रस्तुति दिँदै ‘गण्डकी स्टार’ को उपाधि हात पारिन् भने, गायनतर्फ सौगात सुनारले पहिलो स्थान हासिल गरे।

नृत्य विधामा गृष्मा गौतम विजेता घोषित भइन भने प्रसिद्धि सुबेदी फर्स्ट रनरअप, रेश्मा विक सेकेन्ड रनरअप, एनि कार्की थर्ड रनरअप र गरिमा भट्ट मोस्ट पपुलर च्वाइस घोषित भए। त्यस्तै, गायनतर्फ सौगात सुनार विजेता घोषित भए भने सोनम गुरुङ फर्स्ट रनरअप, ज्योती खड्का सेकेन्ड रनरअप, केशव पुन थर्ड रनरअप र सन्जय पुन फोर्थ रनरअप बने।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय श्याम राजा महतले प्रतिभा विकास, कला प्रवर्द्धन र सांस्कृतिक चेतनाका लागि यस्ता प्रतियोगिता आवश्यक रहेको बताउँदै नव प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सबैले साथ दिनुपर्ने धारणा राखे।

विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय लक्ष्मण बहादुर पाण्डे र विशेष अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य बहादुर बिखर्चिले यस्ता कार्यक्रमहरू नव प्रतिभा पहिचान तथा प्रोत्साहनमा टेवा पु¥याउने बताए।

कार्यक्रममा निष्पक्ष मूल्याङ्कनका लागि डा. दिपामाला श्रेष्ठ गुरुङ, धर्मेन्द्र पौडेल, पूजा ठाकुर, रमेश श्रेष्ठ, करणन तामाङ, आरजु बिष्ट सल्यानी र झलक गुरुङ सहितको निर्णायक मण्डलको सहभागिता थियो। गण्डकी प्रदेशका नव प्रतिभाहरूको पहिचान र प्रोत्साहनमा कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास आयोजक संस्थाको रहेको छ।

पोखरा उद्योग वाणिज्य संघको हलमा सम्पन्न कार्यक्रम अत्यन्त भव्य र आकर्षक रूपमा सम्पन्न भएको थियो। आयोजक नन्द इन्टरटेन्मेन्ट हाउसले यस्ता कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्