Trending
समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्ताको बचत फिर्ता     |     पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु     |     यी हुन् गृहमन्त्री भएलगत्तै सुधन गुरुङले गरेका चार निर्णय     |     मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ?     |     सुनचाँदीको मूल्य बढ्यो     |     नेपालले जित्यो एसियन गेम्स छनोट     |     एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै     |     प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची     |     रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |    
समाचार

नागरिकले अपनत्व लिनेगरी कार्यक्रम तय गर्न मुख्यमन्त्री कँडेलको आग्रह

१९ मंसिर २०८१, बुधबार १३:२७

१९ मंसिर,काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास साझेदार संस्थाहरूलाई नागरिकले अपनत्व लिनेगरी सहयोगका प्राथमिकता निर्धारण गर्न सुझाव दिएका छन् ।

संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको नेपालस्थित राष्ट्रिय आवासिय प्रतिनिधि योको योकोसुदासँग बुधबार आफ्नै कार्यकक्षमा छलफल गर्दे कँडेलले दातृ निकायहरूबाट ठुलो मात्रामा सहयोगहरू भइरहेको तर त्यस्तो सहयोगले अपेक्षित परिणाम हासिल नभएको बताए । त्यसैले सहयोगका प्राथमिकतालाई नागरिक मैत्री बनाउनुपर्ने उनको सुझाव थियो ।

भूकम्प प्रभावित क्षेत्रका प्राविधिकहरूलाई भवन संहिता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमको आज वीरेन्द्रनगरमा उद्घाटन गर्दे मुख्यमन्त्री कँडेलले अहिले भइरहेको जथाभाबी विकासको मोडल बदल्न नसकिए विपत्तिको चपेटा मुक्त हुन नसकिएको बताएका हुन्।

मुख्यमन्त्री कँडेलले जहाँ देख्यो त्यही माटो खन्ने र जमिन भत्काउने प्रचलन बढेकोमा चिन्ता व्यक्त गर्दे त्यसलाई रोक्न प्राविधिकहरू नै अघि धारणा सर्नुपर्ने बताए। उनले भने, ‘प्राविधिकलाई पन्छाएर डोजर चढेर हिडनेहरुले सडक मूल्याङ्कन गरिरहेको म देख्छु,यसबाट हामी बच्न सक्नुपर्छ।’

विकासको आवश्यकता भन्दा रोजगारीलाई केन्द्रित बनाएर गरिने विकासको मोडलले धेरै गाउँ बस्ती जोखिममा परेको चर्चा गर्दे मुख्यमन्त्री कँडेलले जनप्रतिनिधिले जहाँ जहाँ भन्छन् त्यही जमिन भत्काउने कामलाई निरुत्साहन गर्न पनि प्राविधिकलाई सुझाव दिए।

मुख्यमन्त्री कँडेलले भने, विकास कसरी गर्ने र त्यसको दीर्घकालीन असर के हुन्छ भन्ने विषयमा तपाई प्राविधिकले नै सही निर्णय गरेर जनप्रतिनिधिलाई उपयुक्त सुझाव दिने हो, ‘विकासको मोडललाई दीर्घकालीन र जोखिमरहित बनाउन तपाईँहरूकै भूमिका रहन्छ।’

प्रतिक्रिया दिनुहोस्