Trending
श्रीमती हत्या प्रकरणमा आरोपी पति थुनामा, अदालतको आदेश     |     कर्णालीमा साउन १ गते सार्वजनिक बिदा     |     उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो     |     सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार     |     आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान     |     बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका खेल्दै     |     आज यी चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना     |     आजका लागि विदेशी मुद्राको विनिमय दर     |     कर्णाली सरकारको संरचना पुनर्संरचना प्रस्तावले प्रदेशसभामा भूचाल, सत्तापक्षमै विभाजन     |    
समाचार

बशर अल–असदविरुद्ध श्रीमतीले हालिन् रुसी अदालतमा मुद्दा

८ पुष २०८१, सोमबार ०८:२६

८ पुस, काठमाडौं। सिरियाका राष्ट्रपति बसर अल–असदको सत्ता गुमेसँगै दुःखका दिन सुरु भएपछि उनकी पत्नी सम्बन्धविच्छेदको तयारीमा लागेकी छन् ।

अस्माले रुसको एउटा अदालतमा सम्बन्ध विच्छेद गराइदिन याचिका दायर गरेकी छिन् । अस्मा अल–असदका सिरियाली कूटनीतिज्ञ आमा र पिता काडियोलोष्टि थिए । उनले कम्प्युटर साइन्स र प्रेन्स साहित्य पढेकी छिन् । असदसँग बिहे अघि उनी इन्भेष्टमेन्ट बैंकर थिइन् । दोयचे बैंक र जेपी मोर्गनमा उनले काम गरेकी थिइन् ।

अगस्ट सन् १९७५ मा लन्डनमा जन्मिएकी अस्मा अल–अखरासकी आमा सिरियाकी कूटनीतिज्ञ र बाबु कार्डियोलोजिस्ट थिए । अस्माले कम्प्युटर साइन्स र फ्रेन्च साहित्य अध्ययन गरेकी हुन् । बसरसँग विवाह गर्नुअघि उनी इन्भेस्टमेन्ट बैंकर थिइन् । सन् २००० मा सिरिया गएकी उनी असद राष्ट्रपति बनेको केही महिनापछि गोप्य रुपमा अशदसँग विवाह बन्धनमा बाँधिएकी थिइन् ।

मध्यपूर्वमा महिला स्वतन्त्रताको पक्षमा आवाज उठाउने महिला मानिने अस्माको छविमा पति बशरको निरंकुश शासनले आँच आएको थियो ।सन् २०१८ मा सिरियाको अर्थव्यवस्था व्यवस्थापनका लागि अस्मालाई ठूलो जिम्मेवारी दिइएको थियो । यसक्रममा उनी खाद्यान्न, इन्टरनेट र विदेशी सहायतासँग जोडिएका समिति र नीतिसँग जोडिइन् ।

फेब्रुअरी, २०११ मा सिरियामा विद्रोही सुरु भएका बेला चर्चित ‘वाग’ पत्रिकामा ‘अ रोज इन द डेजर्ट’ नामको लेखमा अस्मालाई चामत्कारिक व्यक्तित्व भएकी र स्टाइलिस प्रथम महिला भनिएको थियो । तर, यो लेख प्रकाशनको समय सही थिएन ।

किनकि अशदको सेनाको कारबाहीमा सरकारविरुद्धको प्रदर्शनमा सहभागी ५ हजारका मृत्यु भइसकेको थियो । सरकारविरुद्धको आक्रोशबीच वागले यो लेख वेबसाइटबाट हटाउनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्