Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

बशर अल–असदविरुद्ध श्रीमतीले हालिन् रुसी अदालतमा मुद्दा

८ पुष २०८१, सोमबार ०८:२६

८ पुस, काठमाडौं। सिरियाका राष्ट्रपति बसर अल–असदको सत्ता गुमेसँगै दुःखका दिन सुरु भएपछि उनकी पत्नी सम्बन्धविच्छेदको तयारीमा लागेकी छन् ।

अस्माले रुसको एउटा अदालतमा सम्बन्ध विच्छेद गराइदिन याचिका दायर गरेकी छिन् । अस्मा अल–असदका सिरियाली कूटनीतिज्ञ आमा र पिता काडियोलोष्टि थिए । उनले कम्प्युटर साइन्स र प्रेन्स साहित्य पढेकी छिन् । असदसँग बिहे अघि उनी इन्भेष्टमेन्ट बैंकर थिइन् । दोयचे बैंक र जेपी मोर्गनमा उनले काम गरेकी थिइन् ।

अगस्ट सन् १९७५ मा लन्डनमा जन्मिएकी अस्मा अल–अखरासकी आमा सिरियाकी कूटनीतिज्ञ र बाबु कार्डियोलोजिस्ट थिए । अस्माले कम्प्युटर साइन्स र फ्रेन्च साहित्य अध्ययन गरेकी हुन् । बसरसँग विवाह गर्नुअघि उनी इन्भेस्टमेन्ट बैंकर थिइन् । सन् २००० मा सिरिया गएकी उनी असद राष्ट्रपति बनेको केही महिनापछि गोप्य रुपमा अशदसँग विवाह बन्धनमा बाँधिएकी थिइन् ।

मध्यपूर्वमा महिला स्वतन्त्रताको पक्षमा आवाज उठाउने महिला मानिने अस्माको छविमा पति बशरको निरंकुश शासनले आँच आएको थियो ।सन् २०१८ मा सिरियाको अर्थव्यवस्था व्यवस्थापनका लागि अस्मालाई ठूलो जिम्मेवारी दिइएको थियो । यसक्रममा उनी खाद्यान्न, इन्टरनेट र विदेशी सहायतासँग जोडिएका समिति र नीतिसँग जोडिइन् ।

फेब्रुअरी, २०११ मा सिरियामा विद्रोही सुरु भएका बेला चर्चित ‘वाग’ पत्रिकामा ‘अ रोज इन द डेजर्ट’ नामको लेखमा अस्मालाई चामत्कारिक व्यक्तित्व भएकी र स्टाइलिस प्रथम महिला भनिएको थियो । तर, यो लेख प्रकाशनको समय सही थिएन ।

किनकि अशदको सेनाको कारबाहीमा सरकारविरुद्धको प्रदर्शनमा सहभागी ५ हजारका मृत्यु भइसकेको थियो । सरकारविरुद्धको आक्रोशबीच वागले यो लेख वेबसाइटबाट हटाउनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्