Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु

२३ कार्तिक २०८२, शनिबार १४:१७

रुकुम पश्चिम। रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ का २२ वर्षीय प्रकाश थापा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरि पुनका अनुसार, शुक्रबार दिउँसो करिब १२ः३० बजे आठबिसकोट नगरपालिका–३ मा सजिलो इन्टरनेटको जडान गर्ने क्रममा करेन्ट लागेर थापाको मृत्यु भएको हो।

पुनका अनुसार थापाले इन्टरनेटको तार जडान गर्ने क्रममा अनाहकमा करेन्टको तार छोएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ। करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए र उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्