Trending
रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |     नेपाल र चीनबीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता     |     लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा टिनु योहान्नान     |     प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान     |     ‘समयअघिनै जन्मिएका शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य गर्नुपर्छ’     |     नेपालद्वारा माल्दिभ्स पराजित     |    
समाचार

रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु

२३ कार्तिक २०८२, शनिबार १४:१७

रुकुम पश्चिम। रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ का २२ वर्षीय प्रकाश थापा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरि पुनका अनुसार, शुक्रबार दिउँसो करिब १२ः३० बजे आठबिसकोट नगरपालिका–३ मा सजिलो इन्टरनेटको जडान गर्ने क्रममा करेन्ट लागेर थापाको मृत्यु भएको हो।

पुनका अनुसार थापाले इन्टरनेटको तार जडान गर्ने क्रममा अनाहकमा करेन्टको तार छोएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ। करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए र उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्