Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित

२३ कार्तिक २०८२, शनिबार १४:०८

काठमाडौं। हङकङ सिक्सेसमा नेपालले भारतलाई ९२ रनले हराएको छ । हङकङमा चलिरहेको प्रतियोगितामा निर्धारित ६ ओभरमा नेपालले बिना विकेट क्षतिमा १३७ रन बनाएकामा जवाफी ब्याटिङमा भारतले ४५ रन बनाएको हो ।

टस जितेर ब्याटिङ थालेको नेपालका लागि राशिद खानले ५५ रनको अर्धशतकीय पारी खेले । सन्दी जोराले ४७ रन बनाउँदा लोकेश बमले ३१ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको भारतको लागि कुनै पनि ब्याट्सम्यान चलेनन् ।भरत चिप्ली र पियंक पञ्चलले १२–१२ रन बनाए । नेपालका लागि राशिद खानले ३, बासिर अहमदले २ र रुपेश सिंहले १ विकेट लिए ।

दुवै टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् । नेपालले यसअघिका तीनवटै खेलमा पराजय बेहोरेको थियो भने भारतले तीनमध्ये २ खेल हारेको थियो । नेपाल अफगानिस्तानसँग १७ रन, साउथ अफ्रिकासँग ४ विकेट र श्रीलंकासँग ३ विकेटले हारेको थियो । नेपालले अन्तिम खेल यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्