Trending
रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |     नेपाल र चीनबीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता     |     लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा टिनु योहान्नान     |     प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान     |     ‘समयअघिनै जन्मिएका शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य गर्नुपर्छ’     |     नेपालद्वारा माल्दिभ्स पराजित     |    
खेलकुद

भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित

२३ कार्तिक २०८२, शनिबार १४:०८

काठमाडौं। हङकङ सिक्सेसमा नेपालले भारतलाई ९२ रनले हराएको छ । हङकङमा चलिरहेको प्रतियोगितामा निर्धारित ६ ओभरमा नेपालले बिना विकेट क्षतिमा १३७ रन बनाएकामा जवाफी ब्याटिङमा भारतले ४५ रन बनाएको हो ।

टस जितेर ब्याटिङ थालेको नेपालका लागि राशिद खानले ५५ रनको अर्धशतकीय पारी खेले । सन्दी जोराले ४७ रन बनाउँदा लोकेश बमले ३१ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको भारतको लागि कुनै पनि ब्याट्सम्यान चलेनन् ।भरत चिप्ली र पियंक पञ्चलले १२–१२ रन बनाए । नेपालका लागि राशिद खानले ३, बासिर अहमदले २ र रुपेश सिंहले १ विकेट लिए ।

दुवै टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् । नेपालले यसअघिका तीनवटै खेलमा पराजय बेहोरेको थियो भने भारतले तीनमध्ये २ खेल हारेको थियो । नेपाल अफगानिस्तानसँग १७ रन, साउथ अफ्रिकासँग ४ विकेट र श्रीलंकासँग ३ विकेटले हारेको थियो । नेपालले अन्तिम खेल यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्