Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

नेपाल श्रीलङ्कासँग पराजित

२३ कार्तिक २०८२, शनिबार १४:११

काठमाडौँ। हङकङमा जारी हङकङ सिक्सेस प्रतियोगिताअन्तर्गत नेपाल श्रीलङ्कासँग तीन विकेट पराजित भएको छ । यससँग प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।

आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भएको थियो । त्यस्तै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।

आज टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा चार विकेट गुमाउँदै ८६ रन बनायो । नेपालका लागि ओपनरद्वय सन्दीप जोराले ३९ र लोकेश बमले अबिजित ३१ रन बनाए ।

श्रीलंकाका लागि थरिन्दु रत्नायकेले दुई विकेट लिए भने लाहिरु समरकुन र लहिरु मदुशन्काले समान एक–एक  विकेट लिए । सतासी रनको लक्ष्य श्रीलङ्काले ५.३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि धनञ्जय लक्षणले अविजित ३६ रन बनाए भने निमेश विमुखीले अविजित ३३ रन बनाए ।

नेपालको लागि रुपेश सिंहले दुई विकेट लिए भए भने लोकेश बमले एक विकेट  लिए ।

प्रतिक्रिया दिनुहोस्