Trending
रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |     नेपाल र चीनबीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता     |     लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा टिनु योहान्नान     |     प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान     |     ‘समयअघिनै जन्मिएका शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य गर्नुपर्छ’     |     नेपालद्वारा माल्दिभ्स पराजित     |    
खेलकुद

नेपाल श्रीलङ्कासँग पराजित

२३ कार्तिक २०८२, शनिबार १४:११

काठमाडौँ। हङकङमा जारी हङकङ सिक्सेस प्रतियोगिताअन्तर्गत नेपाल श्रीलङ्कासँग तीन विकेट पराजित भएको छ । यससँग प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।

आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भएको थियो । त्यस्तै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।

आज टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा चार विकेट गुमाउँदै ८६ रन बनायो । नेपालका लागि ओपनरद्वय सन्दीप जोराले ३९ र लोकेश बमले अबिजित ३१ रन बनाए ।

श्रीलंकाका लागि थरिन्दु रत्नायकेले दुई विकेट लिए भने लाहिरु समरकुन र लहिरु मदुशन्काले समान एक–एक  विकेट लिए । सतासी रनको लक्ष्य श्रीलङ्काले ५.३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि धनञ्जय लक्षणले अविजित ३६ रन बनाए भने निमेश विमुखीले अविजित ३३ रन बनाए ।

नेपालको लागि रुपेश सिंहले दुई विकेट लिए भए भने लोकेश बमले एक विकेट  लिए ।

प्रतिक्रिया दिनुहोस्