Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

नेताहरूलाई कारबाहीपछि शंकर पोखरेलले एआईको सहायता लिँदै लेखे यस्तो

१० पुष २०८१, बुधबार १६:११

१० पुस,काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा अनुशासनको महत्त्व अत्यन्तै उच्च रहने बताएका छन् ।

बुधबार पार्टीका नेताहरूको कारबाहीपछि महासचिव पोखरेलले पार्टी अनुशासनबारे एआईको धारणा भन्दै ६ बुँदे धारणा सामाजिक संजाल फेसबुकमा सेयर गरेका छन् ।

एआईको सहायता लिँदै पोखरेलले लेखेका छन्, ‘अनुशासनले पार्टीका सदस्यहरूलाई पार्टीका नियम, आदर्श र लक्ष्यअनुसार सञ्चालन गर्न प्रेरित गर्छ ।’

उनले पार्टीमा अनुशासनको महत्त्व अत्यन्तै उच्च रहने बताउँदै संगठनको सफलता र स्थिरता अनुशासनमा आधारित हुने बताएका छन् ।बुधबार बसेको एमाले सचिवालय बैठकले भीम रावललाई संगठित सदस्यबाट हटाएको छ। स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट हटाएको छ । एआईको सहायतामा उनले पार्टीमा अनुशासनका ६ महत्त्व दर्शाएका छन् ।

पोखरेलका अनुसार पार्टीमा अनुशासनका मुख्य महत्त्व यस्ता छन्:

१. संगठनात्मक एकता कायम राख्न:

अनुशासनले सबै सदस्यहरूलाई एउटै लक्ष्यतर्फ केन्द्रित गराउँछ, जसले पार्टीमा एकता र सहकार्यलाई मजबुत बनाउँछ ।

२. पारदर्शिता र विश्वसनीयता:

अनुशासित सदस्यहरूले पार्टीका नियम र नैतिकतामा विश्वास गरेर कार्य गर्छन्, जसले पार्टीलाई जनतामा विश्वसनीय बनाउँछ ।

३. नेतृत्वलाई बलियो बनाउन:

अनुशासनका कारण नेतृत्वलाई निर्णय लिन र रणनीति लागू गर्न सजिलो हुन्छ । अनुशासन नभए नेतृत्व कमजोर हुन्छ ।

४. सामाजिक सन्देशको प्रवाह:

अनुशासित पार्टीले समाजमा सकारात्मक सन्देश दिन्छ र नागरिकहरूलाई अनुकरणीय उदाहरण प्रस्तुत गर्छ ।

५. द्वन्द्व व्यवस्थापन:

अनुशासनले पार्टीभित्र हुने आन्तरिक विवादहरूलाई नियन्त्रण गर्न र समाधान गर्न सहयोग पुर्याउँछ।

५. लक्ष्यप्राप्ति:

पार्टीका सदस्यहरू जब अनुशासनमा रहेर काम गर्छन्, तब उनीहरूले निश्चित समयमा लक्ष्य हासिल गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्