Trending
फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता     |     दराज नेपालद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने “महाबचत बजार” सेलको घोषणा     |     श्रीमती हत्या प्रकरणमा आरोपी पति थुनामा, अदालतको आदेश     |     कर्णालीमा साउन १ गते सार्वजनिक बिदा     |     उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो     |     सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार     |     आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान     |     बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका खेल्दै     |     आज यी चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना     |    
समाचार

नेताहरूलाई कारबाहीपछि शंकर पोखरेलले एआईको सहायता लिँदै लेखे यस्तो

१० पुष २०८१, बुधबार १६:११

१० पुस,काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा अनुशासनको महत्त्व अत्यन्तै उच्च रहने बताएका छन् ।

बुधबार पार्टीका नेताहरूको कारबाहीपछि महासचिव पोखरेलले पार्टी अनुशासनबारे एआईको धारणा भन्दै ६ बुँदे धारणा सामाजिक संजाल फेसबुकमा सेयर गरेका छन् ।

एआईको सहायता लिँदै पोखरेलले लेखेका छन्, ‘अनुशासनले पार्टीका सदस्यहरूलाई पार्टीका नियम, आदर्श र लक्ष्यअनुसार सञ्चालन गर्न प्रेरित गर्छ ।’

उनले पार्टीमा अनुशासनको महत्त्व अत्यन्तै उच्च रहने बताउँदै संगठनको सफलता र स्थिरता अनुशासनमा आधारित हुने बताएका छन् ।बुधबार बसेको एमाले सचिवालय बैठकले भीम रावललाई संगठित सदस्यबाट हटाएको छ। स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट हटाएको छ । एआईको सहायतामा उनले पार्टीमा अनुशासनका ६ महत्त्व दर्शाएका छन् ।

पोखरेलका अनुसार पार्टीमा अनुशासनका मुख्य महत्त्व यस्ता छन्:

१. संगठनात्मक एकता कायम राख्न:

अनुशासनले सबै सदस्यहरूलाई एउटै लक्ष्यतर्फ केन्द्रित गराउँछ, जसले पार्टीमा एकता र सहकार्यलाई मजबुत बनाउँछ ।

२. पारदर्शिता र विश्वसनीयता:

अनुशासित सदस्यहरूले पार्टीका नियम र नैतिकतामा विश्वास गरेर कार्य गर्छन्, जसले पार्टीलाई जनतामा विश्वसनीय बनाउँछ ।

३. नेतृत्वलाई बलियो बनाउन:

अनुशासनका कारण नेतृत्वलाई निर्णय लिन र रणनीति लागू गर्न सजिलो हुन्छ । अनुशासन नभए नेतृत्व कमजोर हुन्छ ।

४. सामाजिक सन्देशको प्रवाह:

अनुशासित पार्टीले समाजमा सकारात्मक सन्देश दिन्छ र नागरिकहरूलाई अनुकरणीय उदाहरण प्रस्तुत गर्छ ।

५. द्वन्द्व व्यवस्थापन:

अनुशासनले पार्टीभित्र हुने आन्तरिक विवादहरूलाई नियन्त्रण गर्न र समाधान गर्न सहयोग पुर्याउँछ।

५. लक्ष्यप्राप्ति:

पार्टीका सदस्यहरू जब अनुशासनमा रहेर काम गर्छन्, तब उनीहरूले निश्चित समयमा लक्ष्य हासिल गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्