Trending
आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान     |     बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     आज साउने सङ्क्रान्ति पर्व मनाइँदै     |     फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता     |     दराज नेपालद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने “महाबचत बजार” सेलको घोषणा     |     श्रीमती हत्या प्रकरणमा आरोपी पति थुनामा, अदालतको आदेश     |     कर्णालीमा साउन १ गते सार्वजनिक बिदा     |     उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो     |     सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार     |     आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान     |    
समाचार

एकीकृत समाजवादी प्रवेश गर्दै वामदेव गौतम, नेपाल र खनालपछि तेस्रो वरीयता पाउने सहमति

१३ पुष २०८१, शनिबार ०१:३३

१३ पुस, काठमाडौँ। एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा जाने भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बेलाबखत संवादमा रहेका उनी पछिल्लो पटक भने नेकपा एसमा जाने अन्तिम तयारीमा छन् ।

‘जसले अध्यक्ष पद दिन्छ, म त्यतै जान्छु’ भन्दै आएका गौतमले नेकपा एसको वरिष्ठ नेता स्वीकार गरेका छन् । उनी नेकपा एसमा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा रहनेछन् । त्यसपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे चौथो वरफयतामा हुनेछन् ।

गौतमपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे चौथो वरियतामा हुनेछन् । उनी अहिले तेस्रो बरीयतामा छन् । एमाले माओवादी मिलेर बनेको नेकपा फुटेपछि बामदेव कतै पनि थिएनन् । नेकपामा हुँदा निर्णायक भूमिकामा रहेका उनी ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैतिर समानान्तर निकटकता बनाएका थिए ।

तैपनि नेकपा विभाजनपछि एमाले माओवादी अलग अलग भएपछि बामदेवले ’नेकपा एकता राष्ट्रिय अभियान’ गठन गरेका थिए । ०७८ भदौ १८ गते गौतमले एमाले छाडेर छुट्टै सङ्गठन बनाएका थिए ।

तत्कालीन नेकपा सरकार (केपी शर्मा ओली मन्त्रिपरिषद्) को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई २०७७ असोजमा राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।

वामदेवले एमाले छाडेपछि गठन गरेको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा समाहित हुने नेकपा एकीकृत सामवादीका उपाध्यक्ष वेदुराम भुसाल बताउँछन् । उनी भन्छन्, ‘उहाँ आउने विषयमा लगभग सबै मिलिसकेको छ । पार्टीको नाम एकीकृत समाजवादी र महाधिवेशनले पारित गरेको विचार र सिद्धान्तमा उहाँ सहमत भइसक्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्