Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

एकीकृत समाजवादी प्रवेश गर्दै वामदेव गौतम, नेपाल र खनालपछि तेस्रो वरीयता पाउने सहमति

१३ पुष २०८१, शनिबार ०१:३३

१३ पुस, काठमाडौँ। एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा जाने भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बेलाबखत संवादमा रहेका उनी पछिल्लो पटक भने नेकपा एसमा जाने अन्तिम तयारीमा छन् ।

‘जसले अध्यक्ष पद दिन्छ, म त्यतै जान्छु’ भन्दै आएका गौतमले नेकपा एसको वरिष्ठ नेता स्वीकार गरेका छन् । उनी नेकपा एसमा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा रहनेछन् । त्यसपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे चौथो वरफयतामा हुनेछन् ।

गौतमपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे चौथो वरियतामा हुनेछन् । उनी अहिले तेस्रो बरीयतामा छन् । एमाले माओवादी मिलेर बनेको नेकपा फुटेपछि बामदेव कतै पनि थिएनन् । नेकपामा हुँदा निर्णायक भूमिकामा रहेका उनी ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैतिर समानान्तर निकटकता बनाएका थिए ।

तैपनि नेकपा विभाजनपछि एमाले माओवादी अलग अलग भएपछि बामदेवले ’नेकपा एकता राष्ट्रिय अभियान’ गठन गरेका थिए । ०७८ भदौ १८ गते गौतमले एमाले छाडेर छुट्टै सङ्गठन बनाएका थिए ।

तत्कालीन नेकपा सरकार (केपी शर्मा ओली मन्त्रिपरिषद्) को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई २०७७ असोजमा राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।

वामदेवले एमाले छाडेपछि गठन गरेको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा समाहित हुने नेकपा एकीकृत सामवादीका उपाध्यक्ष वेदुराम भुसाल बताउँछन् । उनी भन्छन्, ‘उहाँ आउने विषयमा लगभग सबै मिलिसकेको छ । पार्टीको नाम एकीकृत समाजवादी र महाधिवेशनले पारित गरेको विचार र सिद्धान्तमा उहाँ सहमत भइसक्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्