Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

२६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

२६ पुष २०८१, शुक्रबार ०८:३३

२६ पुस, कञ्चनपुर। पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ ।

आगामी माघ २२ देखि सात दिनसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर छदेखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाउने भएको हो । विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका अधिकृत जनकबहादुर कुँवरले बताए ।

उनका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि पुस २१ देखि २९ गतेसम्म जिल्लाका एक सय दुईजना स्वास्थ्य संस्था प्रमुखहरूलाई अभिमुखीकरण तालिम सञ्चालन भइरहेको छ । यसपछि शिक्षक, पालिकाका स्रोतव्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, चिकित्सक, अन्य स्वास्थ्यकर्मीहरूलाई तालिम दिने कार्यक्रम रहेको अधिकृत कुँवरले जानकारी दिए।

शुक्लाफाँटा स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले समयमै रोगको पहिचान र निदानका लागि पाठेघरको मुखको जाँच नियमित गराउनुपर्ने बताए । उनले ३० वर्षमाथिका महिलाले पाँच–पाँच वर्षमा र एचआइभी सङ्क्रमित महिलाले हरेक तीन वर्षमा पाठेघरको मुखको नियमित जाँच गराउन आग्रह गरे ।

नेपालमा गरिएका विभिन्न अध्ययनले क्यान्सर रोगको दर र जोखिम दिनानुदिन बढ्दै गएको देखाएका छन् । त्यसमा पनि महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै हुने गरेको पाइएको छ । ‘एचपिभी’ भाइरस मुख्यतः सङ्क्रमित व्यक्तिसँगको यौन सम्पर्कका क्रममा सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला, श्लेष्म झिल्ली वा तरल पदार्थको सम्पर्कमार्फत सर्ने गरेकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्