Trending
सवारी चालक अनुमतिपत्र समयमै उपलब्ध गराउनुपर्नेमा मन्त्री घिसिङको जोड     |     ‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने सरकारको निर्णय     |     साफ यू–१७ च्यम्पियनसिप : उद्घाटन खेलमा नेपाल विजयी     |     हाम्रो मुख्य जिम्मेवारी: निष्पक्ष निर्वाचन र संविधानको रक्षा     |     भारतमा पेट्रोलियम मूल्य बढ्दा पनि नेपालमा मूल्य यथावत राखियो     |     खाद्य कम्पनीको चाडपर्वलक्षित सुपथ पसल सुरु     |     ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ     |     मुख्यमन्त्री कँडेल भने दल सबल भए मात्र राष्ट्र सबल बन्छ     |     वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा     |     नवनियुक्त ३ मन्त्रीले लिए शपथ     |    
समाचार

२६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

२६ पुष २०८१, शुक्रबार ०८:३३

२६ पुस, कञ्चनपुर। पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ ।

आगामी माघ २२ देखि सात दिनसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर छदेखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाउने भएको हो । विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका अधिकृत जनकबहादुर कुँवरले बताए ।

उनका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि पुस २१ देखि २९ गतेसम्म जिल्लाका एक सय दुईजना स्वास्थ्य संस्था प्रमुखहरूलाई अभिमुखीकरण तालिम सञ्चालन भइरहेको छ । यसपछि शिक्षक, पालिकाका स्रोतव्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, चिकित्सक, अन्य स्वास्थ्यकर्मीहरूलाई तालिम दिने कार्यक्रम रहेको अधिकृत कुँवरले जानकारी दिए।

शुक्लाफाँटा स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले समयमै रोगको पहिचान र निदानका लागि पाठेघरको मुखको जाँच नियमित गराउनुपर्ने बताए । उनले ३० वर्षमाथिका महिलाले पाँच–पाँच वर्षमा र एचआइभी सङ्क्रमित महिलाले हरेक तीन वर्षमा पाठेघरको मुखको नियमित जाँच गराउन आग्रह गरे ।

नेपालमा गरिएका विभिन्न अध्ययनले क्यान्सर रोगको दर र जोखिम दिनानुदिन बढ्दै गएको देखाएका छन् । त्यसमा पनि महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै हुने गरेको पाइएको छ । ‘एचपिभी’ भाइरस मुख्यतः सङ्क्रमित व्यक्तिसँगको यौन सम्पर्कका क्रममा सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला, श्लेष्म झिल्ली वा तरल पदार्थको सम्पर्कमार्फत सर्ने गरेकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्