Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

‘समयअघिनै जन्मिएका शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य गर्नुपर्छ’

२१ कार्तिक २०८२, बिहीबार २१:५३

काठमाडौँ। चिकित्सकले निर्धारित समय अघि नै जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य गर्नुपर्ने बताएका छन्।

समयअघि नै जन्मिएका नवजात शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ ( आरओपी) जस्ता आँखाको रोगको जोखिम उच्च हुने भन्दै परीक्षण अनिवार्य गर्नुपर्नेमा जोड दिइएको हो।

तिलगंगा आँखा प्रतिष्ठानमा आज (बिहीबार) आयोजित ‘मधुमेहले आँखामा पार्ने असर तथा नवजात शिशुमा हुने आँखाको पर्दासम्बन्धी समस्या’बारे सञ्चारकर्मीसँग अन्तरक्रियामा आँखा रोग विशेषज्ञ (मेडिकल रेटिना कन्सलटेन्ट) डा. इली प्रधानले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र ‘आरओपी’ को परीक्षण अनिवार्य रहेको र समयमै उपचारले जीवनभरको दृष्टि हानि हुनबाट बचाउन सकिने बताइन्।

डा. प्रधानका अनुसार विश्वभर प्रत्येक १० मध्ये एक शिशु समय अगावै जन्मिन्छ र नेपालमा यीमध्ये ३० प्रतिशत शिशुमा आरओपी भएको पाइन्छ। डा. प्रधानले ९ महिना नपुगि जन्मिएको, दुई किलोभन्दा कम तौल भएको, नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) मा धेरै दिन भर्ना गरेर राखेको बच्चामा आँखाको उक्त समस्या हुन सक्ने जानकारी दिए।

यसै गरी आँखा रोग विशेषज्ञ (भिट्रो रेटिनल सर्जन) डा. रबा थापाले मधुमेहले आँखामा पार्ने असर (डाइबेटिक रेटिनोप्याथी) बारे चर्चा गर्दै मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक रहेको बताउँदै डायबेटिक रेटिनोप्याथी समयमै पत्ता लागे दृष्टिविहीन हुनबाट बचाउन सकिने बताइन्।

तिलगंगा आँखा प्रतिष्ठानले अन्तरराष्ट्रिय रुपमा मनाइने विश्व मधुमेह दिवस (नोभेम्बर १४) र समय अघि नै जन्मिएका नवजात शिशुसम्बन्धी दिवस (नोभेम्बर १७) को अवसरमा यस वर्ष सप्ताहव्यापी रुपमा विविध कार्यक्रम आयोजना गर्दैछ। रासस

प्रतिक्रिया दिनुहोस्