Trending
डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |     नेपाल र चीनबीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता     |     लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा टिनु योहान्नान     |     प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान     |     ‘समयअघिनै जन्मिएका शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य गर्नुपर्छ’     |     नेपालद्वारा माल्दिभ्स पराजित     |     न्यूयोर्कको मेयर जितेपछि नेपाली रेस्टुरेन्टमा म:म खान पुगे मेयर ममदानी     |     मंसिर १८ गतेबाट प्रदर्शन हुँदै ‘अभिमन्यु: च्याप्टर–१’     |     सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो आफ्नो अफिसियल एन्थम     |    
समाचार

प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान

२२ कार्तिक २०८२, शुक्रबार २०:२९

काठमाडौँ।  प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी छन्।

प्रधानमन्त्री कार्कीले आज भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन्।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले देशभर यही कात्तिक ३० गतेभित्र मतदाता नामावली सङ्कलनकार्य सञ्चालन गरिरहेको छ ।

‘जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ–हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ ।

अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ”, प्रधानमन्त्री कार्कीले भनेकी छन्, “तपाईँहरू आफैँ सही प्रतिनिधि बन्नुपर्छ । विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्छ । मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔँ ।”

प्रतिक्रिया दिनुहोस्