काठमाडौँ। अमेरिकी शहर न्युयोर्कको नगरप्रमुख निर्वाचित भएका भारतीय मूलका चर्चित युवा जोहरान मम्दानीले आफ्नो क्षेत्रकी सांसद् अलेक्जेन्ड्रिया ओकासियो कर्तेज (एओसी) लाई भेट्न नेपाली रेष्टुरेन्ट छानेका छन्।
बिहीबार एक्समा मम्दानीले म:म, चिकेन तन्दुरी, दुध चिया, आलु लगायत परिकार खाँदै गफ गरिरहेको तस्बिर पोस्ट गरेका छन्। ‘मेयर निर्वाचित भएको पहिलो दिन अत्यन्तै व्यस्त रह्यो: एकाबिहानै अन्तर्वार्ता, घोषणा, बैठक र थप कुराकानी भए,’ उनले लेखेका छन्, ‘तर, यी सबैमाझ महत्वपूर्ण चाहिँ ज्याक्सन हाइट्सस्थित लालीगुराँस बिस्ट्रोमा हाम्री सांसद एओसीसँगको लन्च बैठक रह्यो ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ममदानीलाई हराउन भरमग्धुर प्रयत्न गरे पनि चुनाव जितेर ममदानी अहिले संसारभर चर्चामा छन्।अमेरिकामा उनी पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर बनेका छन्।