Trending
त्रिशूली–३ बी सुरुङ: ४२६ मिटर भित्र पुगे उद्धारकर्मी     |     भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |    
समाचार

रास्वपा सांसदद्वयको अभिव्यक्तिप्रति डा केसीको आपत्ति

२ चैत्र २०८१, शनिबार ११:४०

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.केदारनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

उनले आरोप लगाउँदैभने रास्वपा सांसदहरुले सार्वजनिक जग्गासँग नाम जोडेर आफ्नो चरित्रहत्या गर्न खोजेका छन्। डा केसीले आज एक पत्रकार सम्मेलनमा भने, गत फागुन २८ मा प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसदद्वयले दिएको अभिव्यक्ति राजनीतिक पूर्वाग्रहका साथ आएको हो।” उनले स्पष्ट परेका छन्।

साविक मनमैजु गाविस वडा नं ९ हाल तारकेश्वर नगरपालिका वडा नं १० लोकतान्त्रिक चोकमा रहेको कित्ता नं ६१ र ६२ मेरो तथा मेरो परिवारका नाममा र कित्ता नं ६३ सार्वजनिक जग्गा हो, मलाई सरकारी जग्गा एक कित्ता पनि चाँहिदैन, मेरो चरित्रहत्या गर्ने मनसायका साथ संसदमा आवाज उठाउँदा म दुःखीत भएको छु”, डा केसीले भने ।

पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले भने, “स्थानीय जनप्रतिनिधिसँग समन्वय नगरी संसदमा व्यक्तिगत चरित्रहत्या र मानहानी हुने हिसाबले कुरा उठाउनु गलत हो।” उनले सार्वजनिक जग्गा संरक्षणका लागि तारकेश्वर नगरपालिका लागिरहेको र राजनीतिक पूर्वाग्रह राखेर आम नागरिकलाई भ्रम फैलाउने काम जनप्रतिनिधीद्वारा भइरहेकोमा चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्