Trending
सरकारी कामकाजमा मातृभाषा :दुई वर्षपछि पनि कार्यान्वयन अन्योल     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु     |     कांग्रेस विशेष महाधिवेशन समूहले देउवा पक्षलाई पठाए ८ बुँदे प्रस्ताव     |     इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह     |     सुनचाँदीको मूल्य हालसम्मकै उच्च     |     थाइल्यान्डमा रेल दुर्घटना, २० जनाको मृत्यु     |     सुन र चाँदीको मूल्य हालसम्मकै उच्च     |     आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो     |     यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर     |     अल्पायुमै अस्ताए प्रशान्त…     |    
समाचार

रास्वपा सांसदद्वयको अभिव्यक्तिप्रति डा केसीको आपत्ति

२ चैत्र २०८१, शनिबार ११:४०

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.केदारनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

उनले आरोप लगाउँदैभने रास्वपा सांसदहरुले सार्वजनिक जग्गासँग नाम जोडेर आफ्नो चरित्रहत्या गर्न खोजेका छन्। डा केसीले आज एक पत्रकार सम्मेलनमा भने, गत फागुन २८ मा प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसदद्वयले दिएको अभिव्यक्ति राजनीतिक पूर्वाग्रहका साथ आएको हो।” उनले स्पष्ट परेका छन्।

साविक मनमैजु गाविस वडा नं ९ हाल तारकेश्वर नगरपालिका वडा नं १० लोकतान्त्रिक चोकमा रहेको कित्ता नं ६१ र ६२ मेरो तथा मेरो परिवारका नाममा र कित्ता नं ६३ सार्वजनिक जग्गा हो, मलाई सरकारी जग्गा एक कित्ता पनि चाँहिदैन, मेरो चरित्रहत्या गर्ने मनसायका साथ संसदमा आवाज उठाउँदा म दुःखीत भएको छु”, डा केसीले भने ।

पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले भने, “स्थानीय जनप्रतिनिधिसँग समन्वय नगरी संसदमा व्यक्तिगत चरित्रहत्या र मानहानी हुने हिसाबले कुरा उठाउनु गलत हो।” उनले सार्वजनिक जग्गा संरक्षणका लागि तारकेश्वर नगरपालिका लागिरहेको र राजनीतिक पूर्वाग्रह राखेर आम नागरिकलाई भ्रम फैलाउने काम जनप्रतिनिधीद्वारा भइरहेकोमा चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्