Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

एमएस धोनी आईपीएलबाट तत्काल सन्यास नलिने

१३ जेष्ठ २०८२, सोमबार ०७:५५

काठमाडौं । चेन्नई सुपर किंग्सका कप्तान तथा भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट अहिल्यै सन्यास नलिने स्पष्ट पारेका छन्।

आइतबार गुजरात टाइटन्ससँगको अन्तिम लिग खेलपछि धोनीले भने, “सिजन राम्रो भएन, तर आजको प्रदर्शन राम्रो रह्यो। खासगरी फिल्डिङतर्फ उल्लेखनीय सुधार देखियो।”

सन्याससम्बन्धी प्रश्नमा उनले भने, “मसँग निर्णय लिन अझै ४–५ महिना समय छ। अहिले कुनै हतार छैन। शरीरलाई फिट राख्नु मुख्य कुरा हो।”

धोनीले थपे, “म अहिले सन्यास लिइरहेको छैन, तर म फर्कन्छु पनि भनिरहेको छैन। म घर जान्छु, आराम गर्छु र निर्णय लिन्छु।” चेन्नई सुपर किंग्स यस सिजनको प्लेअफ चरणमा प्रवेश गर्न नसकी प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्