Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

एमएस धोनी आईपीएलबाट तत्काल सन्यास नलिने

१३ जेष्ठ २०८२, सोमबार ०७:५५

काठमाडौं । चेन्नई सुपर किंग्सका कप्तान तथा भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट अहिल्यै सन्यास नलिने स्पष्ट पारेका छन्।

आइतबार गुजरात टाइटन्ससँगको अन्तिम लिग खेलपछि धोनीले भने, “सिजन राम्रो भएन, तर आजको प्रदर्शन राम्रो रह्यो। खासगरी फिल्डिङतर्फ उल्लेखनीय सुधार देखियो।”

सन्याससम्बन्धी प्रश्नमा उनले भने, “मसँग निर्णय लिन अझै ४–५ महिना समय छ। अहिले कुनै हतार छैन। शरीरलाई फिट राख्नु मुख्य कुरा हो।”

धोनीले थपे, “म अहिले सन्यास लिइरहेको छैन, तर म फर्कन्छु पनि भनिरहेको छैन। म घर जान्छु, आराम गर्छु र निर्णय लिन्छु।” चेन्नई सुपर किंग्स यस सिजनको प्लेअफ चरणमा प्रवेश गर्न नसकी प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्