Trending
नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |     कानुन सुधारसँगै विकास र लगानीलाई गति दिन्छौँ : मन्त्री लम्साल     |     वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै     |     कर्णालीको मनमोहक दृश्यमा ‘साँची राखी माया मेरो’ सार्वजनिक     |     मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ : अध्यक्ष ओली     |     विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी     |     भोटेकोसी–त्रिशूली विपद् समिति सभापतिमा पराजुलीले लिए शपथ     |    
खेलकुद

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री

२२ भाद्र २०८३, सोमबार १८:२५

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकार बिक्री प्रक्रिया सम्पन्न गर्दै अधिकार प्राप्त कम्पनीहरूको घोषणा गरेको छ।

क्यानका सचिव पारस खड्काले जारी गरेको सूचना अनुसार, एनपीएलको ओटीटी अधिकार वर्ल्डवाइड नेटटीभी प्रालि (NetTV Pvt. Ltd.) ले प्राप्त गरेको छ। उक्त अधिकारका लागि कम्पनीले रु. १८ करोड ४ लाख तिर्नेछ।

त्यस्तै, नेपालको लिनियर टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रालिले प्राप्त गरेको छ। यसका लागि कम्पनीले रु. १४ करोड ६४ लाख तिर्नेछ।

एनपीएलको टिकटिङ अधिकार भने इसेवा लिमिटेडले प्राप्त गरेको छ। इसेवाले यसका लागि रु. ८५ लाख तिर्नेछ। सम्झौताअनुसार टिकट बिक्रीबाट प्राप्त आम्दानीमध्ये ९५ प्रतिशत क्यान र ५ प्रतिशत इसेवाले प्राप्त गर्नेछन्।

क्यानले एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित र प्रभावकारी बनाउन अधिकार प्राप्त गरेकामा नेटटीभी, हिमालय टेलिभिजन र इसेवालाइ बधाइ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्