Trending
नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     दक्षिण कोरियाली उम हङ गिल फाउन्डेसनले नेपालका बाढीपीडितलाई सहयोग गर्ने     |     सुरक्षाकर्मीको त्याग र साहसप्रति सरकारको उच्च सम्मान: प्रधानमन्त्री शाह     |     एसिसी प्रिमियर मेन्स कपमा नेपालको लगातार तेस्रो जित, सेमिफाइनल प्रवेश     |     न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित     |     पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द     |     पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार–२०८३ तथा पर्यटन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान     |     त्रिशूली–३ बी सुरुङ: ४२६ मिटर भित्र पुगे उद्धारकर्मी     |     भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने     |    
खेलकुद

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री

२२ भाद्र २०८३, सोमबार १८:२५

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकार बिक्री प्रक्रिया सम्पन्न गर्दै अधिकार प्राप्त कम्पनीहरूको घोषणा गरेको छ।

क्यानका सचिव पारस खड्काले जारी गरेको सूचना अनुसार, एनपीएलको ओटीटी अधिकार वर्ल्डवाइड नेटटीभी प्रालि (NetTV Pvt. Ltd.) ले प्राप्त गरेको छ। उक्त अधिकारका लागि कम्पनीले रु. १८ करोड ४ लाख तिर्नेछ।

त्यस्तै, नेपालको लिनियर टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रालिले प्राप्त गरेको छ। यसका लागि कम्पनीले रु. १४ करोड ६४ लाख तिर्नेछ।

एनपीएलको टिकटिङ अधिकार भने इसेवा लिमिटेडले प्राप्त गरेको छ। इसेवाले यसका लागि रु. ८५ लाख तिर्नेछ। सम्झौताअनुसार टिकट बिक्रीबाट प्राप्त आम्दानीमध्ये ९५ प्रतिशत क्यान र ५ प्रतिशत इसेवाले प्राप्त गर्नेछन्।

क्यानले एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित र प्रभावकारी बनाउन अधिकार प्राप्त गरेकामा नेटटीभी, हिमालय टेलिभिजन र इसेवालाइ बधाइ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्