Trending
दक्षिण कोरियाली उम हङ गिल फाउन्डेसनले नेपालका बाढीपीडितलाई सहयोग गर्ने     |     सुरक्षाकर्मीको त्याग र साहसप्रति सरकारको उच्च सम्मान: प्रधानमन्त्री शाह     |     एसिसी प्रिमियर मेन्स कपमा नेपालको लगातार तेस्रो जित, सेमिफाइनल प्रवेश     |     न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित     |     पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द     |     पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार–२०८३ तथा पर्यटन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान     |     त्रिशूली–३ बी सुरुङ: ४२६ मिटर भित्र पुगे उद्धारकर्मी     |     भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |    
खेलकुद

एसिसी प्रिमियर मेन्स कपमा नेपालको लगातार तेस्रो जित, सेमिफाइनल प्रवेश

२१ भाद्र २०८३, आईतवार २१:१७

काठमाडौँ। मलेसियामा जारी एसिसी प्रिमियर मेन्स कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

बायोमास ओभलमा आज भएको खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको हो।

साउदी अरेबियाले प्रस्तुत गरेको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि गुलसन झाले ३५ बलमा ३ चौका र ३ छक्काको मद्दतले अविजित ४४ रन बनाए।

त्यस्तै, इशान पाण्डेले ४०, देव खनालले ३७ र रोहित कुमार पौडेलले २४ रनको योगदान दिए। बलिङतर्फ साउदीका इस्ताक अहमद र महम्मुद अतिफले २-२ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भयो। साउदीका लागि अब्दुल वाहिदले ७७ र महम्मुद अतिफले ३० रन बनाएका थिए।

नेपालका कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ३-३ विकेट तथा ललित नारायण राजवंशीले २ विकेट हात पारे। यो जितसँगै समूह ‘ए’ मा रहेको नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्