Trending
नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |     कानुन सुधारसँगै विकास र लगानीलाई गति दिन्छौँ : मन्त्री लम्साल     |     वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै     |     कर्णालीको मनमोहक दृश्यमा ‘साँची राखी माया मेरो’ सार्वजनिक     |     मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ : अध्यक्ष ओली     |     विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी     |     भोटेकोसी–त्रिशूली विपद् समिति सभापतिमा पराजुलीले लिए शपथ     |    
खेलकुद

एसीसी प्रिमियर कप : हङकङसँग नेपाल पराजित, सेमिफाइनलमा ओमनसँग भिड्ने

२३ भाद्र २०८३, मंगलवार १८:००

काठमाडौँ। मलेसियामा जारी एसीसी प्रिमियर मेन्स कपमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ।

क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा समेटियो।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ९० रन बनाए। आशिफ शेखले ४४, दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ र गुलशन झाले २० रन जोडे। बलिङतर्फ हङकङका अइजज खानले चार विकेट लिए। यसिम मुर्ताजाले दुई तथा किन्चित देवांग सिंह, नुसरुल्ला राणा र अतिकुल इकबालले एक-एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको थियो। हङकङका बाबर हयातले ७ चौका र ७ छक्काको मद्दतमा अविजित ११७ रनको शतकीय पारी खेले। शाहिद वसिफले ४५ र एहसान खानले नटआउट ३५ रन जोडे। नेपालका सन्दीप लामिछानेले चार र शेर मल्लले तीन विकेट लिए।

यस हारका बाबजुद समूह विजेता बनेको नेपालले सेमिफाइनलमा ओमनसँग प्रतिस्पर्धा गर्नेछ। हङकङले अर्को सेमिफाइनलमा यूएईको सामना गर्नेछ। सेमिफाइनल खेल बिहीबार हुनेछ। नेपालले यसअघि समूह चरणमा बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्