Trending
एसीसी प्रिमियर कप : हङकङसँग नेपाल पराजित, सेमिफाइनलमा ओमनसँग भिड्ने     |     टक्सिक सन् २०२६ को चौथो सर्वाधिक कमाउने भारतीय फिल्म बन्यो     |     रवि तेजाको ‘इरुमुडी’ २५० करोडको नजिक, १८ दिनमा कमायो २२१ करोड     |     जापानको आर्थिक वृद्धि प्रारम्भिक अनुमानभन्दा माथि, ब्याजदर वृद्धिको सम्भावना बलियो     |     कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफुल     |     चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघ गठन, अध्यक्षमा सुदीपराज पुरी     |     नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     दक्षिण कोरियाली उम हङ गिल फाउन्डेसनले नेपालका बाढीपीडितलाई सहयोग गर्ने     |     सुरक्षाकर्मीको त्याग र साहसप्रति सरकारको उच्च सम्मान: प्रधानमन्त्री शाह     |    
खेलकुद

एसीसी प्रिमियर कप : हङकङसँग नेपाल पराजित, सेमिफाइनलमा ओमनसँग भिड्ने

२३ भाद्र २०८३, मंगलवार १८:००

काठमाडौँ। मलेसियामा जारी एसीसी प्रिमियर मेन्स कपमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ।

क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा समेटियो।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ९० रन बनाए। आशिफ शेखले ४४, दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ र गुलशन झाले २० रन जोडे। बलिङतर्फ हङकङका अइजज खानले चार विकेट लिए। यसिम मुर्ताजाले दुई तथा किन्चित देवांग सिंह, नुसरुल्ला राणा र अतिकुल इकबालले एक-एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको थियो। हङकङका बाबर हयातले ७ चौका र ७ छक्काको मद्दतमा अविजित ११७ रनको शतकीय पारी खेले। शाहिद वसिफले ४५ र एहसान खानले नटआउट ३५ रन जोडे। नेपालका सन्दीप लामिछानेले चार र शेर मल्लले तीन विकेट लिए।

यस हारका बाबजुद समूह विजेता बनेको नेपालले सेमिफाइनलमा ओमनसँग प्रतिस्पर्धा गर्नेछ। हङकङले अर्को सेमिफाइनलमा यूएईको सामना गर्नेछ। सेमिफाइनल खेल बिहीबार हुनेछ। नेपालले यसअघि समूह चरणमा बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्