Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

झापाको दमकमा आधुनिक रंगशाला निर्माण गरिने

१६ जेष्ठ २०८२, बिहीबार ११:११

काठमाडौं। सरकारले खेल पूर्वाधारको विकास गर्ने योजना सहित युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड बजेट बिनियोजन गरेको छ ।

बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले खेल पूर्वाधार र संरचनामा लगानी बढाउँदै लैजाने घोषणा गरेका हुन् । जसअनुसार झापाको दकममा अन्तर्राष्टियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने सरकारले जनाएको छ ।

त्यस्तै काठमाडौंको मूलपानी लगायत मोरङ, कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाका लागि ४२ करोड विनियोजन गरिएको छ । कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

उनले चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिदका लागि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधरमा सशर्त अनुदानको व्यवस्था गरिएको बताए ।

त्यस्तै सरकारले कर्णालीको राजधानी सुर्खेतमा हुने भनिएको दशौँ राष्ट्रिय खेलकुदलाई ५४ करोड बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्