Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
कला र मनोरन्जन

सन्दीपलाई अमेरिका पठाउन सरकारको दौडधुप

१० जेष्ठ २०८१, बिहीबार ०७:२३

टी–२० विश्वकपको लागि अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले पहल थालेको छ। अमेरिकाले भिसा नदिएपछि लामिछानेले विश्वकप गुमाउने भन्दै क्यानले प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल थालेको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालयदेखि गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल गरिरहेको जानकारी गराएका छन्। लामिछाने, क्यान सचिव पारस खड्का, लामिछानेको वकिल सरोज घिमिरेसहित सांसद शाही बिहान खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई भेट्न पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेका छन्। उनले लामिछानेले विश्वकप खेल्ने बाटो खुल्ने आशा व्यक्त गरे।

शाहीले फेसबुकमा लेखेका छन्,‘आज एकाबिहानैदेखि सन्दिप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि नेपाल सरकारका सबै निकाय प्रधानमन्त्री कार्यालय,गृहमन्त्री र खेलकुद मन्त्री ज्युसँग पहल गरेका छौं। आशा छ विश्वकप खेल्ने बाटो खुल्ने छ ? नेपाली चन्द्र सुर्य झन्डा फरफराउने छ ! जय नेपाल।’

 

प्रतिक्रिया दिनुहोस्