Trending
पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु     |     एपीएफ, आर्मी र न्यु डायमन्डको विजयी सुरुआत     |     डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता     |     सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे     |     रेशम चौधरीको उम्मेदवारी खारेज     |     गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक     |     बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा     |     एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित     |     नेपाल नेदरल्याण्ड्ससँग पराजित     |     सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?     |    
कला र मनोरन्जन

सन्दीपलाई अमेरिका पठाउन सरकारको दौडधुप

१० जेष्ठ २०८१, बिहीबार ०७:२३

टी–२० विश्वकपको लागि अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले पहल थालेको छ। अमेरिकाले भिसा नदिएपछि लामिछानेले विश्वकप गुमाउने भन्दै क्यानले प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल थालेको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालयदेखि गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल गरिरहेको जानकारी गराएका छन्। लामिछाने, क्यान सचिव पारस खड्का, लामिछानेको वकिल सरोज घिमिरेसहित सांसद शाही बिहान खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई भेट्न पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेका छन्। उनले लामिछानेले विश्वकप खेल्ने बाटो खुल्ने आशा व्यक्त गरे।

शाहीले फेसबुकमा लेखेका छन्,‘आज एकाबिहानैदेखि सन्दिप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि नेपाल सरकारका सबै निकाय प्रधानमन्त्री कार्यालय,गृहमन्त्री र खेलकुद मन्त्री ज्युसँग पहल गरेका छौं। आशा छ विश्वकप खेल्ने बाटो खुल्ने छ ? नेपाली चन्द्र सुर्य झन्डा फरफराउने छ ! जय नेपाल।’

 

प्रतिक्रिया दिनुहोस्