Trending
राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान     |     आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म     |     विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |    
शिक्षा

एसईईमा ४.० जिपिए ल्याउने बाँकेकी सृजना डि.सी. पहिलो विद्यार्थी

२४ असार २०८२, मंगलवार २१:२२

बाँके। बाँके जिल्लाको शैक्षिक इतिहासमा पहिलो पटक एसईई परीक्षामा ४.०० जिपिए (जीपीए) ल्याउने छात्रा जन्मिएकी छिन्।

कोहलपुर नगरपालिका–६ स्थित बाल विधा मन्दिर (बिभिएम) माध्यमिक विद्यालयकी छात्रा सृजना डि.सी.ले यो ऐतिहासिक उपलब्धि हात पार्न सफल भएकी हुन्।

विद्यालयका प्रधानाध्यापक गोविन्द सुवेदीका अनुसार जिपिए प्रणाली लागू भएयता जिल्लामा पहिलो पटक ४ जिपिए ल्याउने विद्यार्थी सृजना नै हुन्। उनले एसईई परीक्षामा सबै विषयमा उत्कृष्ट प्रदर्शन गर्दै पूर्ण जिपिए प्राप्त गरेकी हुन्।

विद्यालयमा अध्ययनरत शिक्षकहरू, अभिभावक र समुदायले सृजनाको उपलब्धिलाई गर्वको रूपमा लिएको बताइएको छ। प्रमुख सुवेदीले भने, “यो नतिजाले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको मेहनतलाई स्पष्ट रूपमा देखाउँछ।”

यस उपलब्धिसँगै विद्यालयको नाम स्थानीयस्तरमै होइन, जिल्लाभर फैलिएको छ। विद्यालयले आगामी दिनमा गुणस्तरीय शिक्षालाई अझ प्राथमिकता दिने जनाएको छ।

सृजनाको सफलता बाँके जिल्लाका अन्य विद्यालय तथा विद्यार्थीहरूका लागि प्रेरणा बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्