Trending
पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु     |     एपीएफ, आर्मी र न्यु डायमन्डको विजयी सुरुआत     |     डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता     |     सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे     |     रेशम चौधरीको उम्मेदवारी खारेज     |     गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक     |     बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा     |     एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित     |     नेपाल नेदरल्याण्ड्ससँग पराजित     |     सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?     |    
शिक्षा

एसईईमा ४.० जिपिए ल्याउने बाँकेकी सृजना डि.सी. पहिलो विद्यार्थी

२४ असार २०८२, मंगलवार २१:२२

बाँके। बाँके जिल्लाको शैक्षिक इतिहासमा पहिलो पटक एसईई परीक्षामा ४.०० जिपिए (जीपीए) ल्याउने छात्रा जन्मिएकी छिन्।

कोहलपुर नगरपालिका–६ स्थित बाल विधा मन्दिर (बिभिएम) माध्यमिक विद्यालयकी छात्रा सृजना डि.सी.ले यो ऐतिहासिक उपलब्धि हात पार्न सफल भएकी हुन्।

विद्यालयका प्रधानाध्यापक गोविन्द सुवेदीका अनुसार जिपिए प्रणाली लागू भएयता जिल्लामा पहिलो पटक ४ जिपिए ल्याउने विद्यार्थी सृजना नै हुन्। उनले एसईई परीक्षामा सबै विषयमा उत्कृष्ट प्रदर्शन गर्दै पूर्ण जिपिए प्राप्त गरेकी हुन्।

विद्यालयमा अध्ययनरत शिक्षकहरू, अभिभावक र समुदायले सृजनाको उपलब्धिलाई गर्वको रूपमा लिएको बताइएको छ। प्रमुख सुवेदीले भने, “यो नतिजाले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको मेहनतलाई स्पष्ट रूपमा देखाउँछ।”

यस उपलब्धिसँगै विद्यालयको नाम स्थानीयस्तरमै होइन, जिल्लाभर फैलिएको छ। विद्यालयले आगामी दिनमा गुणस्तरीय शिक्षालाई अझ प्राथमिकता दिने जनाएको छ।

सृजनाको सफलता बाँके जिल्लाका अन्य विद्यालय तथा विद्यार्थीहरूका लागि प्रेरणा बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्