Trending
विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौंको दोस्रो जित     |     रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट     |     ऊर्जा मन्त्री श्रेष्ठद्वारा मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन     |     मन्त्रालयद्वारा नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द, नयाँ मापदण्डअनुसार पुनः सरुवा गरिने     |     दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल     |     कृषि मन्त्री चौधरी र अर्थमन्त्री डा. वाग्लेबिच भेटवार्ता     |     १६ मन्त्रिपरिषद् बैठकबाट ४२१ निर्णय, सुशासन र सेवा प्रवाहलाई प्राथमिकता     |     चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सको जित     |     सल्यानमा प्रथम बागचौर फुटबल गोल्ड कप २०८३ आयोजना हुँदै     |     चक्रवात ‘अर्नब’का कारण तीन दिन वर्षा र हिमपातको सम्भावना     |    
समाचार

ऊर्जा मन्त्री श्रेष्ठद्वारा मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन

२० कार्तिक २०८३, बिहीबार १९:२४

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले बिहीबार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन गरेका छन् ।

मन्त्रालयको सेवा प्रवाह, कार्यसम्पादन र प्रशासनिक गतिविधिलाई प्रभावकारी तथा व्यवस्थित बनाउने उद्देश्यले मन्त्री श्रेष्ठले विभिन्न महाशाखा र शाखामा पुगेर त्यहाँ भइरहेका कामकारबाही तथा कार्यप्रगतिको अवस्थाबारे जानकारी लिएका हुन् ।

अनुगमनका क्रममा उनले सबै शाखाका कर्मचारीहरूसँग प्रत्यक्ष छलफल गर्दै कार्यसम्पादनका क्रममा देखिएका समस्या, चुनौती तथा कर्मचारीका गुनासो सुनेका थिए । साथै, मन्त्रालयका कामलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशनसमेत दिएका छन् ।

मन्त्री श्रेष्ठले मन्त्रालयमा रहेका महत्वपूर्ण कागजात तथा दस्ताबेज व्यवस्थित राख्न, अभिलेख व्यवस्थापनलाई चुस्त बनाउन र कार्यालयको भौतिक संरचनाको मर्मतसम्भार तथा सौन्दर्यकरणमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

अनुगमनका क्रममा उनले सेवाग्राहीबाट प्राप्त जनगुनासो, त्यसको सम्बोधनको अवस्था र आगामी दिनमा मन्त्रालयले अघि बढाउनुपर्ने कार्ययोजनाबारे समेत ब्रिफिङ लिएका थिए।

मन्त्रालयको कामकारबाहीलाई परिणाममुखी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने तथा प्रशासनिक कार्यसम्पादनमा देखिएका कमजोरी सुधार गर्ने उद्देश्यले मन्त्री श्रेष्ठले अनुगमनलाई प्राथमिकता दिँदै औँल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्