Trending
मन्त्रालयद्वारा नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द, नयाँ मापदण्डअनुसार पुनः सरुवा गरिने     |     दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल     |     कृषि मन्त्री चौधरी र अर्थमन्त्री डा. वाग्लेबिच भेटवार्ता     |     १६ मन्त्रिपरिषद् बैठकबाट ४२१ निर्णय, सुशासन र सेवा प्रवाहलाई प्राथमिकता     |     चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सको जित     |     सल्यानमा प्रथम बागचौर फुटबल गोल्ड कप २०८३ आयोजना हुँदै     |     चक्रवात ‘अर्नब’का कारण तीन दिन वर्षा र हिमपातको सम्भावना     |     रास्वपासँगको एकता भङ्ग हुनु राजनीतिक अपराध हो: कुलमान घिसिङ     |     काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार     |     चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी     |    
समाचार

मन्त्रालयद्वारा नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द, नयाँ मापदण्डअनुसार पुनः सरुवा गरिने

२० कार्तिक २०८३, बिहीबार १९:०२

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा गत २०८३ असोज २३ गते गरिएको विभिन्‍न तहका ८५७ जना कर्मचारीको सरुवा निर्णय रद्द (बदर) गरेको छ।

सुगम तथा सुविधासम्पन कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई पुनः सुगम क्षेत्रमै पदस्थापना गरिएको र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीहरूको माग एवं गुनासो उपेक्षा गरिएको भन्दै कर्मचारीहरूले नै मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता गराएका थिए।

प्राप्त निवेदन र उजुरीहरूप्रति गम्भीर ध्यानाकर्षण भएपछि मन्त्रालयको निर्देशनबमोजिम नापी विभागले असोज २६ गते ७ दिने म्याद तोकी औपचारिक रूपमा गुनासो आह्वान गरेको थियो। सो क्रममा २०० भन्दा बढी कर्मचारीहरूबाट सरुवा पुनरावलोकनका लागि उजुरी प्राप्त भएपछि मन्त्रालयले उक्त सरुवा सूची पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको हो।

सरुवा निर्णय बदर भएसँगै मन्त्रालयको प्रत्यक्ष निर्देशनमा विभागले आजै ‘कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गरी जारी गरेको छ।

मन्त्रालयले सोही मापदण्डका आधारमा पारदर्शी र न्यायोचित ढङ्गले मात्र सरुवा प्रक्रिया अगाडि बढाउन विभागलाई स्पष्ट निर्देशन दिएको छ।

सरुवा प्रणालीलाई व्यवस्थित, पूर्वअनुमानयोग्य र मापदण्डमा आधारित बनाई निजामती सेवामा सुशासन कायम गर्ने उद्देश्यले मन्त्रालयले यो कदम चालेको हो ।

प्रतिक्रिया दिनुहोस्