Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
विज्ञान र प्रविधि

नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक

९ श्रावण २०८२, बिहीबार १६:५९

काठमाडौँ। सामसङले ग्यालेक्सी एम सिरिजमा नयाँ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक गरेकाे छ। यो स्मार्टफोन भेल्भेट ब्ल्याक र सेरेन ग्रिन रंगमा नेपालभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ।

गुगलसँगको सर्कल टु सर्च र जेमिनाइ लाइभजस्ता फिचरहरूमार्फतग्यालेक्सी एम३६ फाइभजीले तस्बिर चिन्ने, एआइ असिस्टेन्टसँग लाइभ कुराकानी गर्ने जस्ता सबै काम सहज बनाउने कम्पनीले जनाएको छ।

७.७ एमएम पातलो यो फोनमा ६.७ इन्चको फूल एचडी र सुपर एमोलेड स्लिम बेजल डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट र भिजन बुस्टर टेक्नोलोजि छ। ५० एमपी ओआइएस ट्रिपल क्यामेराले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्बिरहरू खिच्छ। ग्यालेक्सी एम३६ मा अटोनाइट मुड र नाइटोग्राफि फिचरहरू छन्।

अगाडि र पछाडि दुवै क्यामेरामा फोके भिडियो रेकर्डिङ तथा फोटो रिमास्टर र अब्जेक्ट इरेजरजस्ता एडिट टुलहरू पनि उपलब्ध छन्। एक्सीनोस १३८० (५ नानोमिटर) प्रोसेसरले मल्टिटास्किङ र गेमिङ दुवैका लागि पर्फेक्ट बनाउँछ भने भेपर कुलिङ च्याम्बरले ओभरहीट हुन दिँदैन। यो फोनमा ५००० एमएएच ब्याट्री र २५ वाट फास्ट चार्जिङ प्रविधि छ।

वान युआई ७ मा चल्ने यो फोनमा कम्पनीले ६ वर्षको सुरक्षा अपडेट र ६ जेनेरेशनसम्मको एन्ड्रोइड अपग्रेड ग्यारेन्टी दिएको छ।

ग्यालेक्सी एम३६ जुलाई २४ देखि नेपालभरका सबै सामसङ रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ। ८+१२८ जिबी भेरियन्टमा यसमो मूल्य ३६,९९९ रुपैयाँ र ८+२५६ जिबी भेरियन्टको मूल्य ४१,९९९ रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्